Wednesday, January 20, 2021

नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा कक्षा ११ मा अन्योल

- Advertisement -

नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन। गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो।

विगतका वर्षमा जस्तै यतिबेला परीक्षाका लागि चिन्तित हुनुपर्ने विद्यार्थी अहिले पाठ्यक्रम (नयाँ वा पुरानो) टुंगो नलाग्दा पढाइ कहिले सुरु हुने भनेर छटपटिनुपरेको छ।

सरकारको निर्णयबमोजिम यस वर्षदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्नरगराउन पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पारित गर्नासाथ विवाद उत्पन्न भएको थियो। कक्षा १ मा खासै असर नपरे पनि कक्षा ११ को पाठ्यक्रमलाई लिएर भने विवाद उत्पन्न भएको हो। असोज २८ गते अभिभावक भगवता अर्यालले संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय तहको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार पारी कार्यान्वयन गर्न दबाब दिएर हस्तक्षेप गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो। पटकपटक गरी चारपटक पेसी चढ्दा पनि अन्तिम फैसला हुन सकेको छैन। अर्को पेसी यही पुस २७ गते तोकिएको छ।

पाठ्यक्रममा विवाद उत्पन्न हुनुको अर्को कारण गणित विषय हटाउनु पनि हो। ‘कोरोना कहरका कारण यस वर्ष कक्षा ११ को पठनपाठन असोजदेखि मात्र सुरु भएको हो,’ त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘सरकारले विज्ञानबाट गणित विषय हटाएपछि विवाद उत्पन्न भएको हो। जसका कारण कक्षा सञ्चालनको चार महिना हुँदासमेत नयाँ वा पुरानो कुन पाठ्यक्रमअनुसार विषयवस्तु पढाउने भन्ने अन्योल छ। नयाँ र पुरानो पाठ्यक्रमको विषयवस्तु पनि निकै फरक छन्। खै कसरी पढाउने ? विद्यार्थी र शिक्षक दुवै अन्योलमा छन्।’ एक त कोरोना संक्रमणको उच्च जोखिम, त्यसमाथि समयमै पढाइ थाल्ने वातावरण नहुनु, फेरि नयाँ वा पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने अन्योल हुँदा आधा शैक्षिक सत्र बित्नै लागिसकेकाले अब सरकारले छिटै निकास दिनुपर्ने शिक्षकहरूको माग छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पश्चिम रुकुमको राडी बजार तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी !

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारक्षेत्र मंगलबार दिनभर तनावग्रस्त बन्यो । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा राडी...

कलिला मनमा हिंसाको छाप, क्रमशः गुलाबसाह खातुन, कञ्चन पञ्जियार, रेश्मा रसाइली,...

जनकपुरधाम : चार वर्षीया सबिना खातुन पछिल्लो समय स्कुल जान थालेको दुई साता भयो। एलकेजीमा पढ्ने उनी पहिलाजस्तो रमाउँदिनन्। न घरमै खुसी देखिन्छिन्। उनी...

आफ्नो नागरिकताको विवरण अब मोबाइलबाटै सच्याउन सकिने !

काठमाडौं । सरकारले गएको शुक्रबार सार्वजनिक गरेको नागरिक एपमा नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ सिस्टम बनाउने भएको छ । गृह...

बैतडीमा ‘क्यान्सर पीडित चन्द बचाऔं’ अभियान शुरु !

बैतडी-  बैतडीमा अनिल चन्द बचाऔं अभियान शुरु भएको छ । क्यान्सरबाट पीडित चन्दको उपचारमा आर्थिक अभाव भएपछि सामाजिक अभियान्ता महेश भट्टको अगुवाईमा अभियान शुरु...

विदेशको नाैकरि छाडेर ढुंगाखानीमा भविष्य खोज्दै युवा !

बागलुङ : गल्कोटका नगरपालिका–६ भुजुङका ४० बर्से खगेन्द्र श्रीस ८ वर्ष साउदी अरबमा काम गरेर फर्किए । गाउँ फर्किए पनि केही समय विदेश मोहले...

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने...

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको सम्पन्न उपलब्ध सदस्यहरुको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते बिहीबार काठमाडौं राजधानीमा गर्ने निर्णय गरेको छ । सङ्गठनका...

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

जुम्ला। देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका...

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड १४ गतेदेखि घुमाईने भएको छ । पैदल र सडक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया