Sunday, January 17, 2021

भीमदत्त नगरका मेयर विष्ट चुनावी प्रतिबद्धता पुरा गर्दै : हटाए खल्ला मुसेट्टीको अँध्यारो, वस्तीमा बल्यो बत्ती

- Advertisement -

महेन्द्रनगर । भीमदत्त नगरपालिका –९ खल्ला टुँडिखेल र मुसेट्टीमा विद्युत सेवा सञ्चालनमा आएको छ । भीमदत्त नगरपालिका र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा तीन विद्युत लाइन जडान गरी सेवा सञ्चालन गरिएको हो ।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा चीम (बल्ब) बालेर सेवा उद्घाटन गरेका छन् ।

विद्युत सेवा उद्घाटनपछि मेयर विष्टले तीन वस्तीमा वर्षौदेखि अध्याँरो अन्त्य भएर उज्यालो बनेको उल्लेख गरे ।

‘पारीपट्टि उज्यालो देखिँदा यता अँध्यारो देखिन्थ्यो, त्यहीं भएर विद्युत विस्तारका लागि लाग्यौ’ उनले भने,‘अब यताको उज्यालो पनि उता फर्कन्छ ।’

भारतीय सीमावर्ती वस्ती उजलीकोटमा वर्षौ अघि विद्युत बलेको थियो । नेपालतिर विद्युत जडान हुँदा तीन वस्ती वर्षौदेखि अन्धकार थियो ।

स्थानीय तह निर्वाचनमा मेयर विष्टले तीन वस्तीमा विद्युत सेवा पुगाउने वाचा गरेका थिए । चुनावमा गरिएको वाचा अनुसार यस वर्ष ती वस्तीमा विद्युत पुगेको हो ।

भीमदत्त नगरपालिकाको उज्यालो भीमदत्त अन्र्तगत मेयर विष्टले सुरुदेखि तीन वस्तीमा विद्युत लाइन विस्तारका लागि पहल गरेका थिए । त्यसका लागि उनले विद्युत प्राविधकरणको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र महेन्द्रनगर वितरण केन्द्रसंग पहल गरेका थिए ।

‘भीमदत्तको उज्यालो भीमदत्त कार्यक्रम छ, त्यसैगरी प्राधिकरणको उज्यालो नेपाल छ, यी दुबै उद्देश्य भनेको उज्यालो बनाउने भन्ने हो’ उनले भने,‘त्यस अनुसार अघि बढेर सहकार्य र समन्वय गरी विद्युत सेवा विस्तार गरिएको छ ।’

विद्युत प्राधिकरणले तिहार अघिदेखि नै विद्युत लाइन विस्तारको काम अघि बढाएको थियो । त्यस अनुसार खल्ला, टुँडिखेल र मुसेट्टीमा ट्रान्सफरमर जडान गरी सेवा सुरु गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको गड्डाचौकी फ्यूज शाखाका फोरमेन राज कुमार चौधरीले बत्तीका लागि स्थानीयका घरमा मिटर जडान गर्न लागिएको बताए ।

‘विद्युत जडानका आवेदन मागेका छौ, त्यस अनुसार हालसम्म ३५ परिवारको घरमा जडान भई सकेको छ’ उनले भने,‘अरु घरमा पनि मिटर जडान गरी बत्ती बाल्न सुरु गर्छौ ।’

पूरानो ब्रह्मदेब मण्डीका तीन वस्तीमा चार सय हाराहारीमा स्थानीयको बसोबास छ । दुई दशकदेखि बस्दै आएका उनीहरु विद्युत लाइन विस्तार नहुँदा अँध्यारोमा बस्न बाध्य थिए ।

स्थानीय मान सिह साउँदले खल्ला मुसेट्टीमा पहिलो पटक बत्ती बलेर उज्यालो भएको बताए । ‘पहिला त केही थिइन, अहिले त बत्ती पनि बलेको छ,’ ८२ वर्षिय साउँदले भने,‘पहिला भन्दा त राम्रो नै भयो ।’

स्थानीय तह निर्वाचनपछि मेयर विष्टले नगरपालिकाको नीति कार्यक्रममा खल्ला मुसेट्टीमा प्राथमिकता दिएका थिए । उनले बाटो निर्माण गरी वस्तीमा पहिलो पटक गाडी पुगाएका छन् । टेलिफोन सुविधाका लागि टुँडिखेलमा टावर निर्माण गरिएको छ । विद्युत सेवा सञ्चालनसंगै केही दिनपछि टावर सञ्चालनमा आउनेछ ।

कार्यक्रममा भीमदत्त नगरपालिका १५ का अध्यक्ष भीम बहादुर साहुले खल्ला मुसेट्टीको विकासमा नगर कार्यपालिकाबाट पूर्ण रुपमा सहयोग हुने बताए ।

‘नगर कार्यपालिका बैठकमा मेयर साप जहिले पनि खल्ला मुसेट्टी भन्नु हुन्थ्यो, हामीहरु वहाँ किन यहीं क्षेत्र मात्र भन्नु भनेर आश्चर्यमा पथ्र्यौ’ उनले भने,‘यो वस्ती पछाडि रहेछ, वहाँलाई त्यहीं चिन्ता छ, अब कार्यपालिकामा यो क्षेत्रका लागि आउने हरेक एजेण्डामा हाम्रो पूर्ण समर्थन हुन्छ ।’

भीमदत्त नगरपालिकाले सुविधा नपुगेका वस्तीलाई प्राथमिकता दिएर अघि बढेकोले तीन वर्षमा खल्ला मुसेट्टीमा अभूतपूर्वक परिवर्तन आएको अध्यक्ष शाहुले बताए ।

भीमदत्त नगरपालिका ९ का अध्यक्ष राम नाथले दुर्गम र विकट क्षेत्र भनेर चिनिने खल्ला, मुसेट्टीको पहिचान फेरिएको बताए ।

‘अब यो वस्ती पहिला जस्तो विक रहेन’ उनले भने,‘विकटता हटेको छ, अब यो ठाउँ विकट हुँदैन ।’

स्थानीय तह निर्वाचन अघि वासिन्दालाई प्रलोभनमा पारी भोट माग्ने बाहेकका अरु केही काम नभएको उल्लेख गर्दै उनले मेयर विष्टले चुनावी वाचा अनुसार दुर्गम वस्तीका लागि कार्यक्रम अघि सारेको बताए ।janasarokarpost बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

झुलाघाट नाका थप २ दिनका लागि खुल्ने

बैतडीको झुलाघाट नाका थप २ दिनका लागि ५ र ६ गते खुल्ने भएको छ। साप्ताहिक रुपमा सोमबार र शुक्रबार खुल्दै आएको नाका दुवै देशका स्थानीय...

अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ

कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सामुदायिक वनबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय किरण बोहरालगायत ५ जना छन्।...

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौँ – भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री...

आज काठमाडौं उपत्यकाका २१ स्थानमा विजुली काटिने (तालिका)

नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत काटिने जनाएको छ। प्राधिकरणले सटडाउन तालिका जारी गर्दै विद्युत कटौती गर्न लागेको हो। https://youtu.be/ZRAWwAucmh0 प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज...

घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवालाइ पारदर्शी, सहज र सरल बनाउन र घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको बताएका...

घर झगडाले गर्यो पुरै परिवार सखाप !

कालीकोट — भैरे बटाला र लालकौराले विवाह परिवारको राजीखुसीमा गरेका थिएनन् । नरहरिनाथ–७ दुदुल्लीका २९ वर्षीय बटालाले १२ वर्षअघि लालकौरालाई पाल्तीबाट भगाएर लगेका थिए । भित्र्याएको वर्ष...

नेपाल भारतको पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास !

काठमाडौं । नेपाल भारत पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास भएको छ । बुधबार बेलुकी भारतीय सुरक्षाकर्मीलाई छलेर चोरहरुले पाइपलाइनमा तीन चोसे गाँस्ने प्रयास...

कञ्चनपुर पुगे एसपी चतुरबेदी

महेन्द्रनगर । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रहरी उपरिक्षक (एसपी) उमाप्रसाद चतुरबेदी कञ्चनपुर पुगेका छन् । सिआइबीबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा भएका एसपी चतुरबेदी जिल्लाको सुरक्षाको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया