Saturday, January 16, 2021

आज पुष २६ गते आइतबार, यस्तो छ तपाईको राशिफल

- Advertisement -

पुष २६ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले काम गर्न अप्ठ्यारोमा महशुष हुनेछ । लेनदेनको कारणले विवाद आउने तथा चुनौतीको सामना गर्नु पर्नेछ । आफन्त तथा दिदि बहिनीबाट सजग रहनुहोला । व्यापारमा मन्दी आउने तथा आर्थिक रूपमा पनि नोक्सानी हुने योग रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेको छ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापारमा बृद्धि हुनाले आर्थिक लाभ हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गरि नाम कमाउन सकिनेछ । जीवन सँगीसित रहेको वैचारिक मत भिन्नताको समाप्ति हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आशा देखाउनेहरूको भरमा पर्दा धोका हुन सक्छ, ध्यान दिनुहोला । स्वास्थ्य कमजोर रहनाले कामहरु थाती रहनेछन् । बाध्यतापूर्ण काममै समय बित्नछ । विशेष सभा–समारोहमा सहभागी भई मिष्ठान्न भोजन गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेको छ । आमा तथा आफन्तसँग छुट्टिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा लगानी गर्न केहि समय पर्ख र हेरको रणनीति अपनाउदा राम्रो रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
वादविवाद, छलफल र पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । आफन्तका साथ समय व्यातित गर्न पाउदा दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घर व्यवहार, भौतिक सुख र माया प्रेमका लागी समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समयको माग अनुशार नचल्नाले दुख पाईनेछ । आर्थिक कारोबार बिग्रने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला हतारमा निर्णय गर्दा आम्मघाति पनि हुन सक्छ । पढाइ लेखाइमा तपाईंको उपस्थिति कमजोर रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिशिष्ट व्याक्तिहरुको भेटघाटले नयाँ योजनाहरु बनाउन सहयोग पुग्नेछ । रोकिएर बसेका कामहरु हल भएर जानेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागी समय उत्तम रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा एक अर्का बीच मनमुटाब सिर्जना हुनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पैत्रिक सम्पति तथा सरकारी धन हात लागी हुने योग रहेको छ । बिद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र पंतिमा आउनेछ । घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानी हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यावसायमा लगानी गरि आम्दानी गर्न सकिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिभिन्न अवसर आउने भएपनि अवसरहरुलाई उपयोग गर्न नसक्दा समय भन्दा पछि परिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले थाती रहनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

माघ महिनामा कस्तो छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष ९ चु, चे, चो, ला, लि, लु, ले, लो, अ ० माघ महिनामा विशिष्ट व्यक्तित्त्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । छरछिमेकमा...

शुक्रबार सन्तोषी माताको व्रत कसरी गर्ने ? (पूजा विधिसहित)

धार्मिक आस्था राख्ने मानिसहरु बार अनुसार विभिन्न देवी देवताको नाममा ब्रत बस्ने तथा पूजा आराधना गर्ने गर्दछन् ।आज शुक्रबार । शुक्रबारबारका दिन सन्तोषी माताको...

आज माघेसंक्रान्ति अर्थात माघ १ गते, आजको राशीफल ।

वि.सं.२०७७ साल माघ ०१ गते, बिहीबार, ईश्वी सन् २०२१ जनवरी १४ तारिख, नेपाल संवत् ११४१, प्रमादी संवत्सर, उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२...

आज बुधबार कुन भगवानको पूजा–आरधाना गर्ने ? (पूजा विधिसहित हेर्नुस् )

On आज बुधबार कुन भगवानको पूजा–आरधाना गर्ने ? (पूजा विधिसहित हेर्नुस् ) हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक,...

हेर्नुहोस आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

वि.सं. २०७७ साल पौष २९ गते । बुधबार । इस्वी सन् २०२१ जनवरी १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन...

पुष २८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सचेत रहेर काम गर्नु पर्ने दिन छ । ईर्ष्या गर्नेहरूले सताउन सक्छन् । साँझदेखि...

डडेल्धुराकाे पर्शुराम धाम मेलामा राेक नलगाईने

डडेल्धुरा – डडेल्धुराको पर्शुराम नगरपालिका वडा न. ५ परिगाँउमा अवस्थित सुदूरपश्‍चिमकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पर्शुराम धाममा लाग्‍ने पर्शुराम (फरसनाम) मकर मेलामा गंगा स्‍नान, नित्य...

एक महिनामा छ लाख भेटी सङ्कलन हलेसी मन्दिरमा

On एक महिनामा छ लाख भेटी सङ्कलन हलेसी मन्दिरमा पुस: महिना दिन नगुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा रु साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया