सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्क : ८ कम्पनी, ३ विवाह, ६ सन्तान, हरेक सेकेन्ड कति कमाउँछन् ?

एजेन्विसी : द्युतीय कार कम्पनी टेस्लाका सिइओ एलन मस्कले अमेजनका जेफ बेजोसलाई पछि पार्दै संसारका सबैभन्दा धनी व्यक्ति बनेका छन् । मस्कको कूल सम्पत्ति १८८ बिलियन अमेरिकी डलरभन्दा बढी छ जुन अमेजनका संस्थापक जेफ बेजोसको कूल सम्पत्ति १८७ बिलियन अमेरिकी डलरभन्दा एक बिलियन डलर बढी हो ।

संसारका सबैभन्दा धनी व्यक्तिले जीवनको संघर्षलाई झेल्दै कम बोल्दै बढी काम गरेका छन् । उनका जीवनबारे यति धेरै कुरा यस्ता छन् जुन प्रत्येक युवाले सिक्नुपर्छ। एलन मस्कको जन्म दक्षिण अफ्रिकामा भएको थियो । उनी १७ वर्षको उमेरमा क्यानडा गएका थिए । ग्रन्ज वेबसाइटको रिपोर्ट अनुसार एलन वाल्यकालमा यति आत्म विश्लेषण गर्दथे कि उनका परिवारले उनलाई डाक्टरलाई देखाउँदै कतै उनको श्रवण शक्ति गुमेको त होइन भनेर सोधेका थिए ।

एलनकी आमाले पछि थाहा पाइन् कि उनी डे ड्रीम अर्थात् दिउँसो निकै सपना देख्ने गर्दथे । उनकी आमाले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘कति पटक त यस्तो हुन्थ्यो कि ऊ आफ्नै दुनियाँमा हराउने गर्दथ्यो । उसलाई वरिपरि के भइरहेको थियो केही थाहा नै हुँदैनथ्यो । सुरुमा त म असाध्यै चिन्तित हुन्थे तर अब भने म उसलाई एक्लै छोडिदिन्छु किनभने मलाई थाहा छ कि उसले आफ्नो दिमागमा कुनै रकेट डिजाइन गरिरहेका छन् ।’

World Link Ads
Mahakali Polytechnic

एलन आफ्ना पितासँग खासै नजिक भएनन् । एलनका पिताले कहिले पनि उनको सपनालाई समर्थन गर्दैनथे र एलनले भनिसकेका छन् कि उनको वाल्यकाल निकै कष्टकर रह्यो। एलनले थुप्रै पटक आफ्ना पितासँग कुराकानी गर्न नै बन्द गरिदिए। एकपटक एलनका पिताले आफ्नो घरमा छिरेका तीन चोरलाई गोली हानेका थिए ।

Dirghayu Ads

वाल्यकालदेखि नै निकै तीक्ष्ण दिमाग भएका एलनले ९–१० वर्षको उमेरदेखि नै कम्प्युटर प्रोग्रामिङ सिक्न थालेका थिए । एलनले स्पेस थिमसँग जोडिएको एउटा कम्प्युटर गेम बनाएका थिए र यसलाई एक कम्प्युटर म्याग जिनलाई ५ सय डलरमा बेचिदिएका थिए । यो गेमको नाम ब्लास्टार हो र यसलाई आज पनि अनलाइनमा खेल्न सकिन्छ । एलनको वाल्यकालको समय धेरैजसो किताबमा नै बित्ने गर्दथ्यो ।

उनी १० घण्टासम्म किताबमा नै रमाइरहेका हुन्थे। रिपोर्टका अनुसार एलनले इनसाइक्लोपेडिया ब्रिट्यानिकालाई ९ वर्षको उमेरमा पढेर सिद्धाएका थिए र उनको रुची साइन्स फिक्सन उपन्यासमा बढ्न थाल्यो ।थुप्रै स्थानमा एलनले यो घटनाबारे जानकारी पनि दिएका छन् । वाल्यकालमा उनलाई अन्य विद्यार्थीहरुले असाध्यै गिज्याउने गर्दथे । एकपटक त उनलाई केटाहरुले भर्याङबाट नै खसालिदिएका थिए जसका कारण उनी अस्पताल नै जानु परेको थियो ।

Sana Kishan

यस्तै एकपटक उनलाई यति कुटियो कि उनको ज्यान नै जान सक्थ्यो। यसै कारण उनले कराँटे र जुडोको तालिमा १५ वर्षको उमेरमा लिएका थिए ।एलन मस्क दक्षिण अफ्रिकामा सेनामा भर्ना हुन चाहँदैनथे तसर्थ क्यानडा गएका थिए । उनी पिएचडी गर्नका लागि स्टेनफोर्ड युनिभर्सिटी गएका थिए तर दुई दिनमा नै उनी युनिभर्सिटीबाट फिर्ता भए ।

एलनले ९० को समयमा इन्टरनेटको बढ्दो लोक प्रियताको फाइदा उठाउनका लागि यस्तो निर्णय लिएका थिए । उनको नीजि जीवनको कुरा गर्नुपर्दा एलनले क्यानडाकी लेखिका जस्टिनसँग सन् २००० मा विवाह गरेका थिए । यो सम्बन्ध आठ वर्षसम्म चलेको थियो । सन् २००८ मा एलन र जस्टिनको सम्बन्धविच्छेद भएको थियो । त्यसपछि उनले बेलायती नायिका तालुला राइलीसँग सन् २०१० मा विवाह गरे ।

यद्यपि, दुई वर्ष पछि नै उनीहरुको सम्बन्धविच्छेद भयो । तर उनले एकपटक पुनः सन् २०१३ मा विवाह गरे तर तीन वर्षपछि पनि उनीहरु अलग्गिए । त्यसपछि एलन र सुपरस्टार नायिका एम्बर हर्डको सम्बन्ध रहेको चर्चा मिडियामा निकै चल्यो तर दुबैले आफ्नो व्यस्त कार्यशैलीका कारण चाँडै नै ब्रेकअप गरेका थिए । एलन मस्कको जेठी श्रीमतीबाट ६ सन्तान छन् जसमध्ये एकको मृत्यु भएको थियो ।

यी पाँचैजना छोरा हुन् । एलन र उनकी प्रेमिकाको यसै वर्ष छोरा जन्मिएको छ । उनले छोराको नाम X Æ A-12 राखेका छन् जसलाई पछि परिवर्तन गरेर X Æ A-Xii बनाइयो । एलन यसका कारण पनि सोसल मिडियामा निकै भाइरल भएका थिए । एलन को कमाईको कुरा गर्ने हो भने उनी दिनमा प्रत्येक दिन ४३२ मिलियन डलर (५० अर्ब रुपैयाँ) बढी कमाउँछ ।

दिनमा ८६,४०० सेकेन्ड हुन्छ । उनको कमाईलाई सेकेन्डमा भाग गरेर हेर्ने हो भने उनी प्रत्येक सेकेन्ड ५ लाख ८६ हजार कमाउने गर्छन् । उनी धेरैजसो समय आफ्नो मनमा नयाँ नयाँ योजना र विचार ल्याइ रहन्छन् । ऊर्जावान् एलनलाई सोसल मिडियामा निकै रुचाइन्छ । एलन मस्क आठ कम्पनीका संस्थापक रहिसकेका छन् जसमा स्पेस एक्स, टेस्ला, हायपरलूप र बोरिङजस्ता कम्पनी समावेश छन् ।

उनलाई बोरिङ कम्पनीको आइडिया त्यतिबेला आयो जब उनी अमेरिकामा ट्राफिक जामबीच फसेका थिए। सन् २०१६ मा उनले ट्राफिक जामबाट बच्नका लागि अन्डरग्राउन्ड सुरुङको प्रयोग गर्ने बताएका थिए तर यस्तो गर्नु निकै महँगो छ र उनको कम्पनी आफ्नो प्रविधि र स्मार्ट इन्जिनियरिङको सहारामा यसैमाथि काम गर्न थालेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.