Wednesday, January 20, 2021

खबर नपाएपछि प्रधानमन्त्रीको स्वागत कहाँ गर्ने ? :मुख्यमन्त्री सचिवालय

- Advertisement -

धनगढी । नेकपा पार्टी फुटकाे संघारमा आफ्नाे गुटका कार्यकर्तालाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री केपी ओलीकाे स्वागतमा सुदूरपश्चिमका मुख्यमन्त्री नगएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा आलोचना हुन थालेपछि मुख्यमन्त्री त्रिलाेचन भट्टकाे सचिवालयले खबर नपाएपछि स्वागत गर्न नगएकाे प्रष्टाएकाे छ ।

प्रधानमन्त्री धनगढी आउँदा मुख्यमन्त्री लगायत प्रदेश सरकारका मन्त्रीहरुलाई कुनै जानकारी नदिएको भन्दै मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले प्रतिप्रश्न गरे -खबर नपाएपछि प्रधानमन्त्रीको स्वागत कहाँ गर्ने ? प्रदेश मन्त्रालयका सचिवहरुलाई भेट्न खबर दिइएकाे तर, सरकारका मन्त्रीलाई कुनै खबर नभएकाले स्वागत गर्ने तथा भेट्न नगएकाे ओलीकाे भनाई छ । कैलाली प्रशासनमार्फत गाडी माग भएकाेले प्रधानमन्त्रीलाई गाडीकाे व्यबस्था गरिदिएकाे उनले बताए ।

यसअघि उनले फेसबुक मार्फत नै जवाफ दिदै पार्टीको प्रदेश कमिटिको भेलामा आउँदा औपचारिक खबर समेत नभएको उल्लेख गरेका छन्। ‘प्रदेशमा पार्टीको भेलामा आउदा समन्वय र औपचारिक खबर पनि गर्नु नपर्ने तर शिष्टाचार भेट गर्नुपर्ने, नगरे संस्कारहिन हुनुपर्ने।  त्यसो नगर्दा  प्रदेशसभा र सरकार विघटन गर्नुपर्ने  कस्तो तर्क, अनि कस्तो सनक।’

उनले ८/८ महिनासम्म मुख्यमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण कामका लागि प्रधानमन्त्रीले समय समेत नदिएको आरोप लगाएका छन्।sudarawaj बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा ‘क्यान्सर पीडित चन्द बचाऔं’ अभियान शुरु !

बैतडी-  बैतडीमा अनिल चन्द बचाऔं अभियान शुरु भएको छ । क्यान्सरबाट पीडित चन्दको उपचारमा आर्थिक अभाव भएपछि सामाजिक अभियान्ता महेश भट्टको अगुवाईमा अभियान शुरु...

विदेशको नाैकरि छाडेर ढुंगाखानीमा भविष्य खोज्दै युवा !

बागलुङ : गल्कोटका नगरपालिका–६ भुजुङका ४० बर्से खगेन्द्र श्रीस ८ वर्ष साउदी अरबमा काम गरेर फर्किए । गाउँ फर्किए पनि केही समय विदेश मोहले...

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने...

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको सम्पन्न उपलब्ध सदस्यहरुको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते बिहीबार काठमाडौं राजधानीमा गर्ने निर्णय गरेको छ । सङ्गठनका...

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

जुम्ला। देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका...

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड १४ गतेदेखि घुमाईने भएको छ । पैदल र सडक...

अब देखि करारमा कर्मचारी राख्दा कार्यपालिकाको सहमति चाहिने !

काठमाडौं। अबदेखि स्थानीय तहमा करारमा कर्मचारी नियुक्ति गर्दा कार्यपालिकाबाट निर्णय गरेर मात्र नियुक्त गर्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको...

उखुको भुक्तानी गर्न दिएको २१ दिनको समय सीमा नाघ्यो, कुन उद्योगले...

काठमाडौं । सरकारले पीडित उखु किसानलाई भूक्तानीका लागि दिएको २१ दिनको समय सीमा सोमबार सकिएको छ । गत पुस १३ गते बसेको उद्योग वाणिज्य...

दुई लाख भन्दा बढीले डाउनलोड गरे ‘नागरिक एप’ !

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया