सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

२४ घण्टामा ३६२ जनामा कोरोना संक्रमण पुष्टि, ६९९ जना कोरोनामुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ५२१ संक्रमितको संख्या पुगेको छ ।

Sana Kishan

त्यसैगरी २४ घण्टामा ६९९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ६८१ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ७४ हजार ५६१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २६२ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ३ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१२ जना रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १९४ कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ९१ जना महिला र १०३ पुरुष रहेका छन् । काठमाडौंमा १५३, भक्तपुरमा १८ र ललितपुरमा २३ जना नयाँ संक्रमित थपिएका हुन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.