सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तरकारी बारीमै पुगेर अनुभव र सीपहरु आदानप्रदान गर्छन् किसान !

बैतडीका विभिन्न ठाउँका व्यवसायिक किसानहरु बारीमै पुगेर आफ्ना अनुभव साटासाट गर्न थालेका छन् । व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका किसानहरु एक ठाउँबाट अर्को ठाउँको किसानको बारीमा पुगेर अनुभव साटासाट गर्न थालेका हुन् ।

व्यवसायिक तरकारी खेतीलाई अझै प्रभावकारी बनाउन र आफ्ना अनुभव र सीपहरु आदानप्रदान गर्नका लागि किसानहरु एकठाउँबाट अर्को ठाउँमा जाने गरेका दशरथचन्द नगरपालिकाका १ का किसान कृष्णबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो ‘आज हामी दशरथचन्द नगरपालिका १ को काण्डे टोलमा पुगेर बेमौसमी टमाटर खेतीको बारेमा जानकारी लियौं ।हामीहरुका समस्याहरु एकआपसमा आदानप्रदान पनि गर्यौं ।’

सिप्रेडको सहयोगमा सञ्चालन भईरहेको नेपाल सिड एण्ड फर्टिलाइजर प्रोजेक्टर अन्तर्गत किसानहरु अनुभव आदानप्रदानका लागि एकठाउँबाट अर्को ठाउँमा जाने गरेका हुन् । तरकारी खेतीमा आवद्ध भएका किसानहरुलाई एक अर्को ठाउँको अनुभवले धेरै सिकाई हुने गरेको दशरथचन्द नगरपालिका १ का सिद्धराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘मैले पनि अहिले बेमौसमी टमाटर खेती गरेको छु । यसरी एक आपसमा अनुभव आदानप्रदान गर्न पाउँदा हामीलाई एक अर्काबाट सिकाइ हुन्छ र यसले सजिलो पनि हुने गरेको छ ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

शुक्रबार दशरथचन्द नगरपालिका वडा नं १ का किसान सिद्धराज भट्टको बारीमा पुगेर विभिन्न ठाउँका किसानहरुले अनुभव आदानप्रदान गरेका सिप्रेडका कार्यक्रम संयोजक भुवन भट्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘किसानहरुको समस्याहरुलाई समाधान गर्न र अनुभव साटासाट गर्नका लागि हामीले किसानहरुलाई एकठाउँमा भेला हुने कार्यक्रम राखेका हौं । यसले किसानहरुका समस्या समाधानका लागि सहयोग पुग्छ ।’

Dirghayu Ads

कृषक दिवसका रुपमा किसानहरुलाई एकठाउँबाट अर्को ठाउँका किसानको बारीमा पुग्नका लागि समन्वय गरिएको उहाँले बताउनुभयो । किसानहरुलाई एकै ठाउँमा प्राविधिक ज्ञान र सीप दिने तथा उनीहरुलाई प्राविधिक सल्लाह दिनका लागि यो कार्यक्रम राख्ने गरिएको भट्टले बताउनुभयो ।

 

(भगीरथ अवस्थीले ninglashainionline.com मा लेखेका छन्।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.