स्वास्थ्य कार्यालय बैतडीले अपांगता भएका व्यक्तिहरुलाई अपांगता सहायक सामग्री वितरण गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरणको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
अपांगता भएका व्यक्तिहरुलाई आफूलाई चाहेको सहायक सामग्री र परिचय पत्रको प्रतिलिपि सहित आवेदन आह्वान गरिएको उहाँले बताउनुभयो । अपांगता भएका व्यक्तिहरुबाट प्राप्त निवेदनका आधारमा सहायक सामग्री वितरण गरिने भट्टले बताउनुभयो ।
अपांगता सहायक सामग्रीमा ह्वेल चेयर, ट्वाइलेट चेयर, वैशाखी, सेतो छडी, लट्ठी, कृत्रिम खुट्टा, कृत्रिम हात, दृष्टिविहिनका लागि कालो चस्मा र अपांगता भएका व्यक्तिहरुका लागि जुत्ता चप्पल रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
अपांगता भएका व्यक्तिहरुले आफूले चाहेको सामग्री नाम र परिचयपत्र सहित माघ २ गतेभित्र स्वास्थ्य कार्यालयमा आवेदन दिन पनि आग्रह गरिएको छ । अपांगता भएका व्यक्तिहरुलाई केही सहज होस भनेर अपांगता सहयोग सामग्री वितरण गर्ने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
(भगीरथ अवस्थीले ninglashainionline मा लेखेका छन्।)