सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

बेदकोट नगरपालिका: हरेक वडामा आधारभुत स्वास्थ्य केन्द्रहरु स्थापना, स्वास्थ्य स्वयंसेविकालाई १० हजार भत्ता दिएका छौं

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस २५, २०७७
1 मिनेट पाठ

कञ्चनपुर जिल्लाको साविक सुडा र दैजी गा.वि.स मिलेर बेदकोट नगरपालिका बनेको छ । स्थानीय तहको संरचनापछि यस नगरपालिकामा अन्य विकासका गतिविधिसँगै स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य सुधार हुँदै आएको छ । हाल यहाँका हरेक नागरिक आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पुगेका छन् । हरेक वडामा आधारभुत स्वास्थ्य केन्द्रहरु स्थापना भएका छन् । त्यस्तै ५० शैयाको नगर अस्पताल निर्माणको तयारीमा छ ।  यसैबिच स्वास्थ्यसँग सम्बन्धित विविध बिषयमा केन्द्रित रहेर बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दसँग हेल्थआवाजकर्मी पदमराज भट्टले गरेको कुराकानी : बेदकोट नगरपालिकामा स्वास्थ्य संस्था,स्वास्थ्य सेवा र जनशक्तिको अवस्था के छ ? अहिले हामीले सबै वडामा स्वास्थ्य संस्था, आधारभुत स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य केन्द्रहरु स्थापना गरेर स्वास्थ्य सेवा सञ्चालन गरेका छौं । हामी कहाँ २ वटा स्वास्थ्य चौकी छन् । स्थानीय सरकार बनेपछि सबै वडामा १/१ वटा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणको कार्य भइसकेको छ भने केहि आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य केन्द्रका भौतिक संरचनाहरू निर्माणधिन छन् । अहिले बर्थिङ सेन्टर सञ्चालनमा ल्याएका छौं । बेदकोट नगरपालिकामा यो बर्ष थप २ वटा बर्थिङ सेन्टर संचालनमा ल्याउने तयारीमा छौं । जनशक्तिको सवालमा हाम्रो पालिकाभित्र पहिलेको स्वास्थ्य संरचना अनुसार दरबन्दी अनुसार कर्मचारीको व्यबस्था भएको छ र बाँकी बेदकोट नगरपालिकाले प्रत्येक वडामा आभारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा सञ्चालन गरेकाले त्यो स्वास्थ्य स्थायी दरबन्दीको काम बाँकी रहेको छ । हामीले कुनै वडाको दुर्गम बस्तीलाई लक्षित गरी सोहि ठाउँमा स्वास्थ्य सेवा दिन कारारमा जनशक्ति राखेर सेवा संचालन गरेका छौं । बेदकोट नगरपालिकामा बेदकोट नगर अस्पताल बनाउने तयारी गरेर टेण्डर प्रक्रिया भई कार्य अगाडी बढेको छ । पछिल्लो चरणमा नेपाल सरकारको मंसिर १५ गते स्वास्थ्यचौकीको स्तरोन्नती गरी १५ शैयाको अस्पताल बनाउनका लागि जग्गा खोजि गरेर शिलान्यास गर्ने कार्य अगाडी बढाइएको छ र डिपीआरको काम सकिएर टेण्डर प्रक्रियामा छ ।  त्यस्तै, बेदकोट नगरपालिकाले ५० शैयाको नगर अस्पताल बनाउन डिपीआर, जग्गा खोजी र भवन निर्माणको कुराहरु अगाडी बढेको छ ।                                    तपाई निर्वाचित भएपछि स्वास्थ्य संस्थामा भएका सुधारहरु के के हुन ? बेदकोट नगरपालिकामा हामी निर्वाचित भएर आउँदा वडा नं ७ मा सुडा स्वास्थ्य चौकी र वडा नं ३ मा दैजी स्वास्थ्य चौकी थियो । ती बाहेक स्वास्थ्य सेवा केन्द्रहरु थिएन्न् । हामी आएपछि सबै वडामा खोप केन्द्रहरु स्थापना ग¥यौं । त्यसपछि स्थानीयलाई सहजरुपमा स्वास्थ्य सेवा दिने उद्धेश्यले आधारभूत स्वास्थ्य सेवा केन्द्रका भवन निर्माणको प्रक्रिया अघि बढाएका छौं ।  त्यस्तै , बेदकोट नगरपालिकाको वडा नं १ मा एउटा खोप केन्द्र पहिले नै थियो र आभारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण लगभग सकिएको छ । अब बर्थिङ सेन्टर निर्माणको प्रक्रिया अघि बढाएका छौं ।  वडा नं २ मा बेदकोट नगरपालिकाको ५० लाखमा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गरी सेवा सुचारु भएको छ ।  बेदकोट नगरपालिका वडा नं ३ कञ्चनपुर र डडेल्धुरा जिल्लाको सिमानामा पर्ने दुर्गम बस्तीमा पनि स्वास्थ्य सेवा दिनका निम्ति जनशक्ति पठाएर स्वास्थ्य सेवा सुरु भएको छ । यस्तै, वडा नं ४ मा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण को कार्य सकिएको छ भने सेवा संचालनको तयारीमा छौं । वडा नं ५ मा स्वास्थ्य संस्थाको आफ्नै भवन रहेको छ । त्यो सँगै बर्थिङ सेन्टरको नयाँ भवन निर्माण गरेका छौं । त्यहाँबाट स्वास्थ्य सेवा र सामान्य किसिमको प्रयोगशाला संचालन पनि व्यबस्थापन गरेका छौं । बर्थिङ सेन्टरको भवन निर्माणको प्रक्रिया सकिएकाले छिट्टै सेवा सुचारु हुने र थप एउटा भवन निर्माणको निम्ति टेण्डर प्रक्रिया अगाडी बढेको छ । वडा नं ६ मा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरेका छौं र स्वास्थ्य सेवा संचालन भएको छ । साथै अर्को भवन निर्माण गर्ने प्रक्रियामा छौं । वडा नं ७ मा स्वास्थ्य चौकी छ । त्यौ सँगै दुर्गम क्षेत्रका लागि स्वास्थ्य सेवा दिन स्वास्थ्य केन्द्र स्थापना गरी २ जना जनशक्ति राखि सेवा दिईरहेका छौं । वडा नं ८ मा स्वास्थ्य सेवा दिनको लागि भौतिक संरचना निर्माणको कार्य अगाडी बढेको छ । साथै तत्काल २ जना जनशक्ति खटाएर काम गरिरहेका छौं । त्यस्तै , वडा नं ९ मा स्वास्थ्य सेवा सुचारु भइरहेको छ भने थप भवन निर्माण को क्रममा रहेको छ । वडा नं १० मा पनि आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणको कार्य सकिने चरणमा रहेको वडा नं १० मा २ ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरी स्वास्थ्य सेवा दिने कार्य गरिरहेका छौं । यस्तै, स्वास्थ्यमा ध्यान दिएर नगरपालिकामा बिद्यालयहरुमा महिनावारी भएपछि छात्रा, शिक्षिका विद्यालय नआउने समस्यालाई ध्यानमा राखि प्रत्येक विद्यालय र स्वास्थ्य चौकीमा सेनिटरी प्याड मेसिन राखी सेवा संचालन गरिरहेका छौं । बेदकोट नरपालिकामा गर्भवती महिलालाई गुणस्तरीय सेवा प्रदान गर्न नवजात शिशु नगर स्वास्थ्य कार्यक्रम संचालन गरेको छ । नवजात शिशु र सुत्केरी आमाले पोषिलो खाना खाउन भनेर १ हजार रुपैयाँका साथै १ जोर कपडा समेत प्रदान गर्ने गरेको छ ।  गर्भवती महिला चेकजाँच र शिशुलाई खोप तथा स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य स्वयंसेविकामार्फत मेडिक मोवाईल सेवा संचालनमा ल्याएका छौं । बेदकोट नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई १० हजार प्रोत्साहन भत्ता दिने गरेका छौं । यो सँगै विभिन्न गैरसरकारी संस्थासँग साझेदारी गरेर स्वास्थ्यसँग सम्बन्धित जनचेतनामुलक कार्यक्रम गर्दै आएका छौं । बाल स्वास्थ्य र मातृ स्वास्थ्यको अबस्था के छ ? बेदकोट नगरपालिकामा बिगतको बाल स्वास्थ्य र मातृ स्वास्थ्यमा धेरै सुधार आएको छ । मातु मुत्युदर एकदमै कम छ र शिशु मृत्युदर पनि कम रहेको छ । यसमा अझै कम गर्ने गरी काम गरिरहेको छौं । विगतमा स्वास्थ्यका सेवाहरु, खोपका कुराहरु, स्वास्थ्य समस्याहरु, दक्ष–जनशक्तिहरु नभएकाले विभिन्न समस्याहरु थिए, अब त्यो छैन । दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बर्थिङ सेन्टर स्वास्थ्य केन्द्र, प्रयोगशाला, आभारभुत स्वास्थ्य केन्द्र निर्माण गर्ने कार्य अघि बढाएका छौं । नेपालमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण फैलिन नदिन के–के गर्नु भयो र थप योजनाहरु के छन् ? कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणको लागि हामीले थुप्रै प्रयास र पहल गरेका छौं । यो प्रयास र पहल अझै कम गरेका छैनौं । यो महामारीको सुरुवातदेखि नै जनचेतना मुलक कार्यक्रमहरु गर्ने, स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मि, जनप्रतिनिधी, राजनितिक दलहरु यो कार्यमा लाग्यौं । खास गरी खुला सिमानाका कारणले भारतबाट आउने मानिसहरु ब्यवस्थापन गर्ने, क्वारेन्टाइनमा राख्ने, आईसोलेसनमा राख्ने, पीसीआर परीक्षण गर्ने, संक्रमण भएकालाई अस्पताल पठाउने कुरामा हामी लागेका छौं र यसले गर्दा नियन्त्रण भएको छ । हामीले आइसोलेसन भवन बनाएका छौं । सुरुमा नगरपालिकामा १९ वटा क्वारेन्टाइन संचालन गरेका थियौं । यो समयमा स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधी, सुरक्षाकर्मी, राजनीतिक दल, समाजसेवी, बुद्धिजिवीबाट सहयोग भयो । आगामी दिनमा कोभिड–१९ रोकथामका निम्ति भारत तथा अन्य देशबाट आएका सम्भावित लक्षण देखिएका मान्छेलाई निःशुल्क रुपमा पीसीआर परीक्षण गर्ने, होम क्वारेन्टाइनमा पठाउने, होम क्वारेन्टाईनमा बसेकालाई लक्षण देखिएमा तुरन्तै अस्पताल पु¥याउने काम गछौैं । healthaawaj बाट सभार

बैतडीमा पहिलो चरणमा कोरोना विरुद्धको खोप स्वास्थ्य प्रमुख भट्टले लगाए !!

माघ १४, २०७७

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु

माघ १४, २०७७

सिफारिस

स्वास्थ्य

बैतडीमा पहिलो चरणमा कोरोना विरुद्धको खोप स्वास्थ्य प्रमुख भट्टले लगाए !!

माघ १४, २०७७
स्वास्थ्य

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु

माघ १४, २०७७
स्वास्थ्य

अरू महिला भन्दा अधिक बुद्धिमान हुन्छन् यी पाँच राशिका महिला ,तपाईं को कुन हो राशि ?

माघ १४, २०७७
स्वास्थ्य

आजदेखि कोरोना विरुद्धको खोप दिइने, देशभर ६२ अस्पतालमा १२० खोप केन्द्र !

माघ १४, २०७७
स्वास्थ्य

शरीरमा रगत बढाउने ७ घरेलु उपाय !

माघ १३, २०७७
स्वास्थ्य

बैतडीमा २ हजार २ सय २० डोज कोरोना खोप पुग्यो, बुधबारबाट लगाउन शुरू गरिने!

माघ १३, २०७७
अर्को

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य छ महिनाभित्र सकिने !

आउँदो महिनादेखि अष्ट्रेलियामा कोभिड खोप दिइने !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

स्वागत छ नि तिमी यतै आउने भए ! धर्मानन्द भट्ट

माघ १४, २०७७

जगत जननी निङ्लाशैनी माताको दर्शन गरी मिती २०७७ माघ १५ गते बिहीवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस !!

माघ १५, २०७७

यातायात कार्यालयले लिएको २ लाख २३ हजार रुपैयाँ घुस सोफामा भेटियो !

माघ १४, २०७७
उपहार खबरबाट सभार

मिनीट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु !

माघ १४, २०७७

मन्त्रीपरिषदले खारेज गर्यो ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ (मन्त्रीपरिषदको निर्णय सहित)!

माघ १४, २०७७

सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषदमा पारित !

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In