सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेसको केन्द्रीय समिति बैठक माघ ६ गते सर्‍यो !

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ ६ गते बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस २७ गते का लागि बोलाइएको बैठक माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यस विषयमा आधिकारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति सुरु भएको हो । कांग्रेसले ओलीको यो कदमलाई असंवैधानि भने पनि यसको प्रतिकार सशक्त रुपमा गर्न सकेको छैन ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जानुपर्ने अडान अगाडि सारेको छ भने सभापति देउवा पक्षले अदालतको फैसला नआएसम्म यो विषयमा निर्णय नगर्नु उचित हुने अडान लिएको छ ।

 

Dirghayu Ads

(अन्नपूर्ण पोष्टबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.