शनिबार भगवान शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । दशा हटाउनको लागि मानिसहरु एकाबिहानै नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिर जाने गर्छन् । यसैबिच काठमाडौंको न्यूरोडमा रहेको सं.कटा मन्दिरमा निकै भिड लाग्ने गर्छ ।धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । त्यसैले पनि यसदिन पुजापाठ बढी गरीन्छ ।
बिहानै पिपलको बोटमा पानी चढाउनेहरु पनि उत्तिकै हुन्छन् । ब्रमाण्डका नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पुजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्छ ।के हो साढे सात द.शा ?
ज्योतिषका अनुसार साढे सात दशाले ठुलो अनिष्ठ निम्त्याउँछ । मानिसको मृ.त्युसम्मै हुनसक्ने दशा हो, साढेसाती । शनिको दशा र बक्र दृस्टी जसमा पर्छ उनीहरुले शारीरिक समस्या, मानसिक क.ष्ट, आर्थिक क.ष्ट, र रोग आदि लगायतको समस्याहरु झेल्नु पर्छ । शनि ग्रहलाई न्याय र कर्मफलको कारक ग्रहको रुपमा चिन्ने गरिन्छ। अपवादका रुपमा मात्रै मानिसलाई साढे सात दशाले लाभ गर्छ । नत्र तपाईको दशाले पुरै परिवार अ.निष्ट गर्छ साढेसातीले । शनिको साढे सातको दशा कुण्डलीको अध्ययन गरेर मात्रै थाहा हुन्छ । ज्योतिषको अनुसार शनि ग्रहको साढे सातको दशा ७ वर्षसम्म चल्छ ।
तर नआत्तिनुहोस् तर शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ । शनिको साढे सात दशाको दोष निवारण गर्न पनि सकिन्छ ।(शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ ।
(हरेक शनिबार शनिको पुजा गर्नुहोस्(पिपलको बोटमा पनि विशेष पूजा गर्नुहोस् ।(खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।(शनिबार कालो तिल दान गर्नुहोस्।(ज्योतिष शास्त्रका अनुसार छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।
हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्।
हर शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप बाल्नुहोस् ।(नुवाईधुवाई गरी हनुमान चालीसाको पाठ गर्नुहोस् ।साढे साती दशाले राशिअनुसार फरकफरक असर देखाउछ ।जान्नुहोस् कुन राशिमा के असर पार्छ ?
मेष राशिमा शनिको साढे सातको समस्या देखा परेमा कामको तनाव र चिन्ता बढि हुने भएकाले कुनै पनि निर्णय हतारमा नलिनू ।वृष राशिमा शनिको साढे सातको समस्या देखा परेमा कुनै कुराको थालनी पूर्व आफन्त वा विश्वासी नाताका मानिससंग सल्लाह लिनू ।
मिथुन राशिमा शनिको साढे सातको समस्या देखा परेमा आर्थिक विषयमा सोचविचार गर्नू ।कर्कट राशिमा शनिको साढे सातको समस्या देखा परेमा जान्नेबुझ्ने जानकार व्यक्तिसँग परामर्श गरेर अघि बढ्नू ।सिंह राशिमा शनिको साढे सातको समस्या देखा परेमा कुनै पनि सवारी साधन प्रयोग गर्दा होस पुर्याउनू ।
कन्या राशिमा शनिको साढे सातको समस्या देखा परेमा नहतारीकन सुझबुझका साथ काम गर्नू।तुला राशिमा शनिको साढे सातको समस्या देखा परेमा प्राप्त भएको धन समेत हातबाट फुत्कने भएकोले ख्याल पुर्याउनू ।वृश्चिकमा शनिको साढे सातको समस्या देखा परेमा अपजस तथा अवरोध खेप्नुपर्ने भएकोले होसीयारी हुनू ।
धनु राशिमा शनिको साढे सातको समस्या देखा परेमा मेहनत अनुसारको फल पाउन सकिन्न । शंका गर्नेहरु बढ्छन् । बेचैनी बढ्छ । विवाद झेल्नुपर्छ । सचेत हुनू ।मकर राशिमा साढे सातको समस्या देखा परेमा ठुलो निर्णय लिनु चुक्नुहुनेहुँदा सुझाव लिएर काम गर्नू
कुम्भ राशिमा साढे सातको समस्या देखा परेमा खुट्टा तान्नेहरु सक्रिय हुने भएकोले शनिलाई प्रसन्न गराउर्नूमीन राशिमा साढे सातको समस्या देखा परेमा भाग्य अनुकूलता नभएमा जस्तो मेहनत गरेमा पनि बनेको काम फूत्कन्छ ।शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।
(gnewsnepal.com बाट साभार)