हिउँदे यामको चिसो छेक्न बैतडीको मैलौली नगरपालिकाले जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको छ । नगरपालिकाले प्रत्येक वडाका १० जना ७० वर्ष माथिका बृद्ध बृद्धाहरुलाई कम्बल वितरण गरेको हो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक साखाको बजेटबाट नगरपालिकाका सबै वडाका जेष्ठ नागरिकहरूलाइ हिउँदे यामको चिसो चेक्न मद्दत मिलोश भन्ने हेतुले कम्बल वितरण गरेको नगरपालिकाकी नगर उपप्रमुख राधा ओझाले जानकारि दिनुभएको छ ।
बेसाहारा नागरिकहरुको साहारा सरकारले बन्नु पर्छ, सम्मान पनि गर्नुपर्छ भनेर सम्मान स्वरुप जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको उहाँले बताउनु भएको छ ।
आर्थिक स्थीती कमजोर भएकाहरुले न्यानो कपडाहरु किन्न नसक्ने भएकाले उनिहरुको समस्यालाई मध्यनजर गरेर सबै वडाबाट ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई समेटेर कम्बल विततरण गरिएका उहाँको भनाई छ ।
नगरपालिकाको नौ ओटै वडाबाट आपाँगता भएका, अशक्त, बेसाहार, दलित जेष्ठ नागरिकहरुलाई समेटेर कम्बल वितरण गरिएको नगरपालिकाले जनाएको छ । वितरण गरिएका कम्बलले जेष्ठनगरिकहरुलाई हिउँदे यामको चिसो छेक्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।
(रेडियो बैतडीबाट साभार)