बैतडी–जिल्ला अस्पताल बैतडीमा सञ्चालन भएको स्याटेलाईट क्लिनिकमा ५० जना बिरामीले सेवा लिएका छन । डडेल्धुरा अस्पतालबाट आएका एमडिजिपि चिकित्सकबाट ५० जनाले सेवा लिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्त राज जोशीले जानकारी दिनुभएको छ ।
संघिय सरकारको बिशेष पहलमा जिल्ला अस्पताल बैतडीमा पौष ३ गतेदेखि प्रत्येक शुक्रबार बिशेषज्ञ चिकित्सक आएर बिभिन्न रोगहरुको उपचार सेवा दिन थाले पछि यहाँका नागरिकहरुलाई सहज भएको छ ।
यस अघि पौष ३ गते शुक्रबारका दिन मुटु, फोक्सो र छाती सम्बन्धी रोगहरुको उपचारका लागी ईन्टरनल मेडिसिन बिशेषज्ञ चिकित्सक र पौष १० गते हाड, जोर्नी तथा नशा सम्बन्धी रोगहरुको उपचारका लागी अर्थोपेडिक सर्जन बिशेषज्ञ चिकित्सक जिल्ला अस्पताल बैतडीमा आउनुभएको थियो ।
यस्तै पौष १७ गतेका दिन स्त्री तथा प्रसुती रोग बिशेषज्ञ चिकित्सक जिल्ला अस्पताल बैतडीमा आउनुभएको थियो।
(radiobaitadi.com बाट साभार)