Friday, January 22, 2021

प्रधानमन्त्रीले धनगढीमा सम्बोधनका क्रममा के-के भन्नुभयो ? पुरा पढ्नुहोस् !

- Advertisement -

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गणतन्त्र, लोकतन्त्रका लागि आफू ५० वर्ष संघर्ष गरेकाले त्यसमा कुनै खतरा नआउने प्रष्ट पार्नुभएको छ ।

नेकपा सुदूरपश्चिम स्तरीय वृहत आमसभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । आफू लोकतन्त्र र गणतन्त्रका लागि लामो संघर्ष गरेर आएको व्यक्ति भएकाले त्यस्तो कल्पना पनि नगर्न सबैमा आग्रह गर्नुभयो । सरकारको कदम असंवैधानिक हो भन्नेहरुलाई संविधान पढ्न उहाँले आग्रह गर्नुभयो ।

देश र जनताको पक्षमा काम गर्न दिएनन् त्यसैले विकल्पका लागि नयाँ जनादेशमा जाने निर्णय गरिएको हो प्रधानमन्त्री ओलीले भन्नुभयो, “अन्तर्राष्ट्रिय प्रचलन, संविधान र जुन हिसावले पनि प्रतिनिधिसभा पुनस्र्थापना हुँदैन, अव चुनावबाटै गठन हुन्छ ।” चुनाव तोकिएकै मिति वैशाख १७ र २७ गते हुने उहाँले विश्वास दिलाउनुभयो । चुनाव तोकिएकै मितिमा हुने भएकाले निर्वाचन अभियानमा लाग्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

विकासको जिम्मा लिन्छुँ

विरोधीलाई केही गर्नुपर्दैन, जनताले भोट नहाले पुग्छ प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशको पक्षमा, जनताको पक्षमा काम गर्नेलाई भोट दिएर जिताएर पठाउनुस् ।” तपाईहरु राम्रो मानिस जिताएर पठाउनुस्, देश विकास गर्ने जिम्मा म लिन्छुँ उहाँले भन्नुभयो । यो सरकारले गरेको विकासको काम तपाईहरु सबैले देख्नुभएको छ भन्नुहुँदै प्रधानमन्त्री ओलीले थप विकासको काममा आफू लागिपरेको बताउनुभयो ।

मिल्नै नसक्ने के पर्यो ?
सँगै रहेका नेताहरुलाई पार्टीमा मिल्नै नसक्ने के त्यस्तो अवस्था आयो अध्यक्ष ओलीले प्रश्न गर्नुभयो । म राजनीतिमा २०२२ सालदेखि लागेको हुँ, माधवकुमार नेपाल २०३२ सालमा लाग्नेभयो अनि को सिनियर हो मूल्याङ्कन गर्नुस् उहाँले भन्नुभयो । पार्टी महाधिवेशनमा आफूसँग अध्यक्ष पदमा पराजित भएका नेता नेपाललाई अध्यक्षको मोह पलाएकाले पार्टी फुटमा गएको उहाँले टिप्पणी गर्नुभयो ।

“चोइटिएर जानेहरुलाई म भन्न चाहन्छु दुई अङ्कमा सिट ल्याएर देखाउनुस्, देशभरीमा दश सिट ल्याएर देखाउनुस्” प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो पार्टी सम्धी, छोरीबुहारीवाला पार्टी होइन, देश बनाउने र जनताको पार्टी हो ।” आफन्त नभएका कोही पनि हुँदैनन्, तर टपक्क टिप्दै राख्नु ठीक होइन, मैले त्यसो गरेको छैन उहाँले भन्नुभयो । कसकसका आफन्त कहाँ कहाँ छन, सबै थाहा छ भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “पचास वर्षअघि नयाँ एकताको अभियान थालनी गरेर आएको व्यक्ति हुँ, काम लाग्छ कि भनेर पार्टीमा प्रचण्डलाई पनि ल्याएर आएको थिएँ ।”
अँध्यारोमा उड्ने, हिड्ने बानी लागेकाहरु घाम लागेपछि टिक्न सक्दैनन् प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस क्षेत्रमा लाटाकोसेराहरु टिक्न सक्दैनन् ।” भ्रमको खेती गरेर अब कोही अघि बढ्न नसक्ने भन्नुहुँदै उहाँले जनता सचेत भइसकेको बताउनुभयो ।

नेपाली भूभाग फिर्ता हुन्छ

कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूभाग भएकाले त्यसलाई ससम्मान फिर्ता लिने प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाउनुभयो । नेपाली भूभाग समावेश गरेर नयाँ नक्सा प्रकाशन गरिएपछि देशभित्रकै नक्कली राष्ट्रवादीहरुलाई पीर परेको भन्नुभयो ।
सुदूरपश्चिममा एउटै मन्त्रिमण्डलमा चार जना मन्त्री हुनुभएको छ, सायद यो नेपालको इतिहासमा पहिलो होला, सुदूरपश्चिमको विकास गर्न अवसर प्रदान गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

विकासको काम भएको छ

हरेक नेपालीले प्राथमिक स्वास्थ्य उपचार निःशुल्क प्राप्त गर्नुपर्छ भन्ने व्यवस्थामा सरकार लागेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री अ‍ोलीले सरकारको ध्यान देशमा उद्योगको स्थापना गर्ने, आफूलाई चाहिने सामान आफैले उत्पादन गर्नेमा रहेको बताउनुभयो । “हामी कुरामात्र गरिरहेका छैनौं, कामबाट पुष्टि गरिरहेका छौं, एक वर्षमा ९७९ किलोमिटर बाटो कालोपत्रे गर्यौं” प्रधानमन्त्री ओलीले भन्नुभयो, “जुन प्रदेशको सरकार प्रभावकारी छ, त्यहाँ काम देखिएको छ, प्रभावकारी प्रदेश सरकार नभएको ठाउँमा कामको गति धिमा छ ।”

विकास निर्माणका लागि लगानीको कुनै समस्या नहुने विश्वास दिलाउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो ध्यान देश विकास गर्नेमा छ, देश र जनताको हितमा छ ।” विकास अभियानमा नेपाली जनताले आफूलाई पूर्ण सहयोग दिएको भन्नुहुँदै जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो । उत्तरी छिमेकी मुलुकसँग जोडिन अनेक नाकाहरु खोलिनेक्रममा रहेको उहाँले चर्चा गर्नुभयो ।

सुदूरपश्चिम हामी बनाउँछौ

सुदूरपश्चिम प्रदेशलाई विगतमा पछाडि पार्नेकाम भयो, तर अव कुनै शक्तिले पछाडि पार्न सक्ने छैन, हामी बनाउँछौं उहाँले भन्नुभयो । सुदूरपश्चिमको पीडा आफूलाई जानकारी भएको बताउनुहुँदै उहाँले भन्नुभयो, “यहाँ गरिबी, पछौटेपन, स्वास्थ्य समस्या, बेरोजगारी, सुकुम्बासी, सिचाईको समस्या छ, त्यसको लागि काम गरिनेछ ।” चाँदनी–दोधराको सिंचाईको काम भइरहेकाले त्यो चाँडै सम्पन्न हुने बताउनुभयो ।

पञ्चेश्वर परियोजना पनि अगाडि बढिसकेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “गेटाको मेडिकल कलेज र विश्व विद्यालयकोरुपमा विकास गर्दैछौं, अत्तरिया–धनगढी बाटो चाँडै सम्पन्न हुन गइरहेको छ ।” त्यसतै विमानस्थलको क्षमताबृद्धि गर्नेकाम अघि बढिरहेको, गौरीफन्टा नाका विस्तार गर्न भारतसँग कुरा भइरहेको बताउनुभयो ।

सेती लोकमार्ग, महाकाली करिडोरको काम अघि बढिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बैतडीमा फस्फोरस खानी पत्ता लागेको छ, त्यसको उत्खनन्मा सरकारले ध्यान दिएको छ, पश्चिम सेती जलविद्युत आयोजना विभिन्न कारणले अवरुद्ध हुनपुग्यो, अब त्यो परियोजना अगाडि बढाउनेछौं ।” कञ्चनपुरको दैजीमा उद्योग स्थापना गर्ने तयारी भएको उहाँले चर्चा गर्नुभयो ।

महाकालीमा पुल निर्माणाधिनअवस्थामा रहेको, दार्चुला, वैतडी, डडेल्धुरामा झोलुङ्गे पुल निर्माण भइरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले यहाँका बाटाघाटा, एयरपोर्ट विकास र अन्य विकासको काम शुरुभइरहेको बताउनुभयो । ओझेलमा परेका विकासका काम अब धमाधम अघि बढ्ने उहाँले विश्वास दिलाउनुभयो । देशमा सुशासन कायम गरी नेपाली जनतालई सुखी नेपाली बनाउने भएकाले सरकारले समृद्ध नेपाल र सुखी नेपालको नारा तय गरेको बताउनुभयो ।

पार्टी छाडेर भागेका भगौडाहरुको कुरा नसुन्न आग्रह गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “पार्टीको बैठकमा नआएर सडकमा गएर ‘हामी यहाँ छौं’ भनेर सार्वजनिक हुन्छन् ।” हामीलाई दन्तबझान गर्न फुर्सद छैन, देशको विकासको काम गर्नुछ भन्नुहुँदै प्रधानमन्त्री ओलीले देश विकास अभियानमा लाग्न सबैमा आव्हान गर्नुभयो ।

यो देश थारुको पनि हो

तराईका आदिबासी थारु इमान्दार जातिमध्ये भएकाले यो देश थारुको पनि हो भन्नुहुँदै प्रधानमन्त्री ओलीले थारुजस्तै यहाँ बस्ने सबै जातजाति र समुदायको साझा देश नेपाल भएको बताउनुभयो । सबैको एकता विना विकास सम्भव नरहेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, सबै मिलेर विकास गरौं । पहिचानवादी शक्तिहरु विभिन्न नाममा फाटो ल्याउन खोजेकोभन्दै उहाँले सचेत रहन आग्रह गर्नुभयो ।

टीकापुर घट्ना दुःखद भएको र थारु समुदायका अहिलेपनि केही व्यक्ति जेलमा रहेकोप्रति आफू दुखित रहेको बताउनुभयो ।

(upaharkhabar.com बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

स्थानीयहरुले विद्युत विस्तार नगरिएको भन्दै ३३ केभी प्रशारण लाइन अवरुद्ध !

दार्चुला-दार्चुलाको शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा समयमै विद्युत विस्तार नगरेको भन्दै  विद्युतको ३३ केभी प्रशारण लाइन अवरुद्ध गरेका छन् । नगरपालिकाको वडा नं ५, ६,...

चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गईसकेको बैतडीमा मानव-चितुवा द्वन्द व्यवस्थापनमा विज्ञ...

बैतडीमा मानव वन्यजन्तुबीच देखिएको द्वन्द व्यवस्थापनका लागि सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने निर्णय भएको छ । वन क्षेत्र समन्वय समितिको बैठकले मानव र वन्यजन्तुबीच देखिएको...

भारतले दिएको कोरोना भाइरसविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने !

काठमाडौं : भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५०...

पहिलो गीत बाटै चर्चामा बैतडीका हंस राज जोशी !

महेन्द्रनगर ! बैतडी जिल्लाको दसरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वालेक जोशीबुङ्गाका बुवा दामोदर जोशी र आमा भान्मती जोशीको कोखबाट जन्मिएका पछिल्लो समयका चर्चित डेउडा गायक...

पर्यटन धार्मिक तथा आस्थाको केन्द्र बन्दै ‘शान्तिधाम’ !

काठमाडौँ। काठमाडौँको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको शान्तिधाम धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास हुँदै गएको छ । विसं २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर...

कोरोना भाइरस विरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी: कारण...

नयाँ दिल्ली – कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको...

शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्‍न विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ !

विराटनगरः मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका १ बर्खेका श्रेष्ठको हत्या गरी फरार रहेको...

सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन सुरु, कुन तहको कति बेला ?

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आज (बिहीबार) देखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन शुरू भएको छ । कोरोना महामारी जोखिमका कारण अनलाइनका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया