Saturday, January 16, 2021

त्रिभुवन विमानस्थलबाट डिजेल बस हटाउदै, वायुसेवा कम्पनी !

- Advertisement -

काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलभित्र टर्मिनल भवनबाट हवाइजहाजसम्म लैजाने र अवतरणपछि टर्मिनल भवनसम्म ल्याउने डिजेल र्याम्प बस हटाउने योजना बनाएको छ ।

यसलाई अब विद्युतीय बसले प्रतिस्थापन गर्ने योजना प्राधिकरणले बनाएको हो । सोहीअनुसार प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र समेत काटेको छ ।

पत्रमा डिजेल बस हटाएर त्यसको साटो विद्यतीय बसले प्रतिस्थापन गर्ने उल्लेख छ । प्राधिकरणले कम्पनीहरुसँग रहेका मौजुदा बसको प्रदुषण नापजाँच, हरेक सवारीको सीट संख्या, खरिद भएको वर्ष, सवारीको प्रकार समेत खुलाई प्राधिकरणमा पठाउन पत्राचार गरिएको हो ।

प्राधिकरणको यो योजनाबाट वायुसेवा सञ्चालकहरु भने बिच्किएका छन् । खासगरी कोरोना भाइरसको महामारीबाट माथि उठ्न नपाएका वायुसेवा कम्पनीलाई अतिरिक्त भार पार्ने गरी आएको योजना कार्यान्वयन गर्न समेत असम्भव हुने कम्पनीहरुको भनाइ छ ।

वायुसेवा संचालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कोरोना महामारीमा १७ अर्ब ५० करोडभन्दा माथिको आम्दानी गुमाएका वायुसेवा कम्पनीले करोडौं खर्च गरी नयाँ बस ल्याउन नसकिने उल्लेख गरेका छन् ।

उनले वायुसेवा कम्पनीले सञ्चालन गरेको ¥याम्प बसको साटो निजी क्षेत्रबाट बस सञ्चालनको प्रयास यसअघि भएको भन्दै यसपटक पनि त्यस्तै हो की भन्ने आशंका गरेका छन् । उनका अनुसार २०६० सालमा विमानस्थलभित्र बस सञ्चालन गर्न प्राधिकरणले निजी क्षेत्रलाई घुसाउने प्रयास गरेको थियो । त्यसबेला वायुसेवा कम्पनीको कडा प्रतिवादपछि यो काम रोकिएको थियो ।

वायुसेवा सञ्चालक संघकाअनुसार अहिले आन्तरिक उडानमा सबैजसो कम्पनीले आफ्नै बस प्रयोग गरी यात्रुलाई टर्मिनलबाट हवाईजहाजसम्म लैजान्छन् । अन्तर्राष्ट्रिय उडानमा भने नेपाल वायुसेवा निगमले यसको जिम्मा लिएको छ ।

एयर साइडमा सञ्चालन हुने र्याम्प बस तथा अन्य सवारी साधनमा यातायात व्यवस्था विभागले तोकेको प्रदुषण मापदण्डको पूर्ण परिपालना भएको तथा तेस्रो पक्ष बीमा समेत भइसकेको आयोनले जनाएको छ । डिजेल बस प्रतिस्थापन गर्ने योजनाले यी बस प्रयोगविहिन हुने र वायुसेवा कम्पनीको करोडौं लगानी पुनः डुब्नेतर्फ समेत आयोनले ध्यानाकर्षण गराएको छ ।

(अनलाइनखबर बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

झुलाघाट नाका थप २ दिनका लागि खुल्ने

बैतडीको झुलाघाट नाका थप २ दिनका लागि ५ र ६ गते खुल्ने भएको छ। साप्ताहिक रुपमा सोमबार र शुक्रबार खुल्दै आएको नाका दुवै देशका स्थानीय...

अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ

कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सामुदायिक वनबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय किरण बोहरालगायत ५ जना छन्।...

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौँ – भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री...

आज काठमाडौं उपत्यकाका २१ स्थानमा विजुली काटिने (तालिका)

नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत काटिने जनाएको छ। प्राधिकरणले सटडाउन तालिका जारी गर्दै विद्युत कटौती गर्न लागेको हो। https://youtu.be/ZRAWwAucmh0 प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज...

घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवालाइ पारदर्शी, सहज र सरल बनाउन र घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको बताएका...

घर झगडाले गर्यो पुरै परिवार सखाप !

कालीकोट — भैरे बटाला र लालकौराले विवाह परिवारको राजीखुसीमा गरेका थिएनन् । नरहरिनाथ–७ दुदुल्लीका २९ वर्षीय बटालाले १२ वर्षअघि लालकौरालाई पाल्तीबाट भगाएर लगेका थिए । भित्र्याएको वर्ष...

नेपाल भारतको पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास !

काठमाडौं । नेपाल भारत पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास भएको छ । बुधबार बेलुकी भारतीय सुरक्षाकर्मीलाई छलेर चोरहरुले पाइपलाइनमा तीन चोसे गाँस्ने प्रयास...

कञ्चनपुर पुगे एसपी चतुरबेदी

महेन्द्रनगर । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रहरी उपरिक्षक (एसपी) उमाप्रसाद चतुरबेदी कञ्चनपुर पुगेका छन् । सिआइबीबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा भएका एसपी चतुरबेदी जिल्लाको सुरक्षाको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया