सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ग्यास लिक भएर विस्फोट हुँदा तीनजना घाइते !

काभ्रे-  काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १३ भैसिपाटीमा रहेको गौरीशंकर ग्याँस उद्योग (हिमालण) को भण्डारण गर्ने ९८० केजी क्षमताको ट्याक्की लिकेज भएर बिस्फोट हुँदा तीनजना कामदार घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाका अनुसार शुक्रबार कम्पनीमा काम गरिरहेको समयमा ग्यास ’लिक’ भइ बिस्फोट भएको थियो ।
घटनामा तीनजना घाइते भएका छन् ।

घाइतेमध्ये गम्भिर बनेपा–१३ का ५५ वर्षीय लोकबहादुर खड्काको शीर मेमोरियल अस्पताल बनेपामा उपचार हुन नसकेपछि थप उपचारका लागि बर्न अस्पताल किर्तिपुर रिफर गरिएको छ । बिस्फोटमा बनेपा–१३ भैसिपाटीका ७० वर्षीया साइला भुजेल र सोही ठेगानाका ४२ वर्षीय कुमार भुजेल घाइते भएका छन् । उनीहरुको पनि शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको तिमल्सिनाले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

बिस्फोटबारे अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(रोजन तामाङ ले अन्नपुर्ण पोष्टमा लेखेका छन )

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.