Tuesday, January 19, 2021

जान्नुहोस् ,कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ ?

- Advertisement -

सुन्दरताको लागि होस् अथवा शिल स्वभाबका आधारमा होस् पुरुष भन्दा बढी महिलाको बारेमा मुल्यांकन गरिने प्रचलन छ । बिशेष गरि महिलाको स्वभाव र सरलपनले सबैलाई आकर्षित गर्ने गर्दछ महिलाहरु आफ्नै परिवेश अनुसारको सिको गर्ने पनि गर्दछन् ।

तर उनीहरुको स्वभाव जन्मेको महिना अनुसार पनि निर्धारण हुने ज्योतिषीय तथ्य पनि फेला परेको छ कुन महिना जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ भन्ने केहि कुराको बारेमा पत्ता लागेको केहि तथ्यहरु :

बैसाख : यो महिनामा जन्मिएका महिला प्राय धनवान, राम्रो चित्त र बिचार भएका,कम खर्च गर्ने, क्रोधवान, सुन्दर आँखा भएका हुन्छन । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

जेठ : जेठ महिनामा जन्मिएका महिलाहरु प्राय विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यो महिनामा जन्मिने महिलाहरु विशेषगरी नया ठाउँहरु घुम्न मनपराउने हुन्छन ।

असार : असारमा जन्मिएका महिलाहरूको प्राय नरम र मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।

साउन : साउन महिनामा जन्मिएका महिलाहरुले प्राय राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । विशेषगरी यो महिनामा जन्मिएका नारीहरु सहयोगी भावनाका हुन्छन । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ ।

भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यो महिनामा जन्मिएका महिलाहरु प्राय धेरै बोल्ने स्वभावका हुन्छन ।

असोज : असोज महिनामा जन्मिएका नारीहरु प्राय चञ्चल स्वभावका हुने गर्छन । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । यो महिनामा जन्मिएका नारीहरु अत्यन्त पवित्र र गुणवान हुने गर्छन ।

कार्तिक : यो महिनामा जन्मिएका महिलाहरु निकै बुद्धिमानी हुन्छन् ।मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । यो महिनामा जन्मिएका महिलाहरु अलिकति बढी रिसाउने स्वभावका पनि हुन्छन ।

मंसीर : यो महिनामा जन्मिएका माहिलााहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, झुटो कुरा गरेको मन नपराउने र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।

पुष : पुष महिनामा जन्मिने महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यो महिनामा जन्मिने महिलाहरु निडर र सामान्यतय अत्यन्तै क्रोधी स्वभावका पनि हुने गर्छन ।

माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यो महिनामा जन्मिएका महिलाहरु निकै बुद्धिमानी र चञ्चल स्वभावका पनि हुने गर्छन ।

फागुन : यो महिनामा जन्मिने महिलाहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्दैनन् ।

चैत : यो महिनामा जन्मिएका महिला निकै चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । प्राय यो महिनामा जन्मिएका महिलाहरु राम्रो कर्म गर्ने रुचाउने स्वभावका हुन्छन ।कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

धेरैलाई थाहा नहुन सक्छ गुगल सर्चका यी ६ ट्रिक्स !

काठमाडौं । इन्टरनेटको पहुँच र प्रयोग बढ्दै गएसँगै अहिलेको समयमा हामीले कुनै पनि कुरा खोज्नका लागि गुगल सर्चको प्रयोग गरिरहेका हुन्छौं । सामान्य रुपमा...

खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ : धर्मानन्द भट्ट

महेन्द्रनगर -खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ। कसैको केन्द्रमा पद कसैको केन्द्रमा धन छ। मञ्च पाउँदा गालाको नसा रातो गरि बोल्छौ, थाहा छैन र आफ्नो बोलीमा...

तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ : धर्मानन्द भट्ट

तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ। सधैंभरी घोचपेच र घचेटा-घचेटीको चिन्ता छ। समृद्धि त आएर गएछ सायद चालै पाएन मैले, मलाई भाडा माग्न आउने घरबेटीको चिन्ता छ। तपाईं हावामा...

मानव शरीरमा योगको प्रभाव

योग शब्द संस्कृत भाषाको युज् धातुबाट आएको हो । जसको अर्थ जोड्नु हुने गर्दछ । योगले शरीर, मन, चेतना र आत्मालाई सन्तुलित पार्ने गर्दछ...

यी हुन् ओखर खाँदा हुने फाइदा

‘ब्रेन फुड’ अर्थात ओखरको सेवनले मस्तिष्कको विकाससहित यसलाई स्वस्थ्य राख्न सघाउ पुर्याउँछ । ओखरमा पाइने प्रचुर मात्राको पोषक तत्वले छाला र कपालसमेत मुलायम एवम्...

मुलुकको स्वाभिमान उठेको बखत : धर्मानन्द भट्ट

मुलुकको स्वाभिमान उठेको बखत गरिन्छ। उपलब्धि बिहिन प्रयत्नहरू फगत गरिन्छ। यो भूमी हाम्रो हो गिद्दे नजर नलाएकै राम्रो, कसैले गरेको भए पनि बैना जफत गरिन्छ। झिना मसिना कुरा...

छोरा अब छोरा रहेन।

घरडी कमलेश कोरिया घरमा बैठक कोठा र छेउमा गोठ बन्यो, बैठक कोठामा पाहुनाका लागि सोफा र गोठमा पातलो च्याद्दर ओछ्याइयो! बुझे, छोरा अब छोरा रहेन। आगनमा तुलसीको...

मोबाइलले यसरी आफ्नो मान्छेबाटपनि टाडा बनाउँछ,अनि सुरू हुन्छ झगडा(एकपल्ट अवस्य पढेर...

On मोबाइलले यसरी आफ्नो मान्छेबाटपनि टाडा बनाउँछ,अनि सुरू हुन्छ झगडा(एकपल्ट अवस्य पढेर सेयर गर्नुहोस यो ज्ञानवर्धक जानकारी) हत्केलाभरको मोवाइल अब कुराकानीको माध्यम मात्र रहेन ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया