सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

धानको समर्थन मूल्यले किसान लाभान्वित

सुदूरपश्चिम खबर by सुदूरपश्चिम खबर
January 8, 2021
0
धानको समर्थन मूल्यले किसान लाभान्वित

धानको समर्थन मूल्य निर्धारण गरेपछि किसानले अपेक्षित लाभ लिन थालेका छन्। सरकारले समर्थन मूल्यसहित खाद्य व्यवस्था कार्यालयमार्फत धान खरिद गरिरहेको छ। विगतमा किसानले उत्पादन गरेको धानको बजारको समस्या थियो भने किसानले बाध्य भएर कम मूल्यमा व्यापारीलाई धान बेच्नुपर्ने अवस्था थियो। सरकारले किसानको धान २०७४ सालबाट खरिद गर्न लागेकोले देशको ठूलो हिस्सामा रहेका किसान लाभान्वित भइरहेका छन्।

RELATED POSTS

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

डिजेल र पेट्रोलको भाउ बढ्यो !

विराटनगर महानगरपालिकास्थितका खाद्य व्यवस्था कार्यालयले अहिलेसम्ममा १५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरिसकेको छ। अघिल्लो वर्ष ५४६ क्विन्टल मात्र धान खरिद गरेको सो कार्यालयले गएको वर्ष नौ हजार ३०० क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो। कार्यालय शहर केन्द्रित भएको र किसानलाई शहरसम्म आउन समस्या भएकाले गएको वर्ष अपेक्षित धान खरिद नभएको बताइएको छ।

खाद्य व्यवस्था कार्यालय विराटनगरका प्रमुख महेन्द्र सिटौलाका अनुसार सरकारले यस वर्ष धानको मूल्य प्रतिक्विन्टल रु दुई हजार ८८५ निर्धारण गरेको छ। यसबाट बजार नपाउने किसानका लागि खाद्य व्यवस्था कार्यालय वरदान भएको प्रमुख सिटौलाले जानकारी दिए।

रञ्जीत र बासमती धानसमेत खरिद गर्ने यो कार्यालयमा अहिलेसम्ममा ती जातका धान किसानले नल्याएको र पछि आउने सम्भावना पनि रहेको प्रमुख सिटौलाले बताए। यस्तै झापाको विर्तामोडस्थित रहेको खाद्य व्यवस्था कार्यालयले अहिलेसम्ममा नौ हजार ६१८ क्विन्टल सोना मन्सुली धान खरिद गरिसकेको छ।

यस वर्ष २३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको कार्यालयले सरकारको समर्थन मूल्यमै किसानको धान खरिद गरिरहेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए। उनले गएको वर्षमा सरकारले सोना मन्सुली धानको मूल्य रु दुई हजार ६७३ कायम गरेको थियो। गएको वर्षमा १९ हजार क्विन्टल सोना मन्सुली र पाँच हजार क्विन्टल रञ्जीत धान खरिद गरेको थियो।

कार्यालय प्रमुख राईका अनुसार यस वर्ष बासमती धानको उत्पादन कम भएको र सम्पन्न अवस्थाका उपभोक्ता एवं व्यापारीले किसानको खेतमै गएर धान खरिद गर्ने र मूल्य पनि बढी दिने भएकाले बासमती धान अहिलेसम्ममा नआएको जानकारी दिए।

खाद्य व्यवस्था कार्यालयले जिल्लाका सबै स्थानीय तहमा सूचना जारी गरिसकेकाले अब किसानले धानको बजार पाएनन् भन्ने अवस्था अन्त्य भएको र कुनै पनि बिचौलियाले अनुचित लाभ नलिउन भन्ने उद्देश्यले जिल्ला प्राथमिक खरिद समितिको संयोजक प्रमुख जिल्ला अधिकारी, कृषि ज्ञान केन्द्र, किसान प्रतिनिधि र खाद्य व्यवस्था कार्यालयका प्रमुख सदस्य सचिव रहने समितिको अनुगमन एवं निर्णयले वास्तविक किसान मात्र लाभान्वित भइरहेको प्रमुख राईले बताए। प्रदेश नं १ झापाको विर्तामोड र मोरङको विराटनगरमा खाद्य व्यवस्था कार्यालय स्थापना भएको छ। रासस

ADVERTISEMENT
ShareTweetPin
सुदूरपश्चिम खबर

सुदूरपश्चिम खबर

Related Posts

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !
अर्थ/ब्यापार

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

January 18, 2021
२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !
अर्थ/ब्यापार

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

January 18, 2021
डिजेल र पेट्रोलको भाउ बढ्यो !
अर्थ/ब्यापार

डिजेल र पेट्रोलको भाउ बढ्यो !

January 18, 2021
जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!
अर्थ/ब्यापार

जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!

January 18, 2021
आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् आजको विनिमयदर !!
अर्थ/ब्यापार

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् आजको विनिमयदर !!

January 18, 2021
आज  सोमबार येस्तो छ  सुनकाे भाउ
अर्थ/ब्यापार

सोमबार सुनको मुल्यमा गिरावट आएको छ प्रतितोला कति ?

January 18, 2021
Next Post
भारतमा बर्डफ्लू देखियो, कैलाली र कञ्चनपुरका नाकामा सतर्कता

भारतमा बर्डफ्लू देखियो, कैलाली र कञ्चनपुरका नाकामा सतर्कता

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In