नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य घटेको छ । बिहिबार तोलामा ९५ हजार ४०० मा कारोवार भएको छापावाल सुनको मूल्य आज एक सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ३०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।।
त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ९४ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ। बिहिबार एक हजार ३३० मा कारोबार भएको चाँदी आज पनि सोहि भाउमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।।
प्रतिक्रिया