सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतबाट आज फर्किँदै प्रचण्ड, को-को आउँदैछन् साथमा ?

काठमाडौं । श्रीमती सीता दाहालको उपचारका लागि भारत गएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् । पुस २० गते सोमबार सीताको उपचारका लागि भारतको मुम्बइ प्रस्थान गरेका प्रचण्ड शुक्रबार ११:३० बजे काठमाडौं अवतरण गर्ने भएका छन् ।

उनी शुक्रबार ११:३० बजे आरए २०५१ को विमानबाट काठमाडौं अवतरण गर्न लागेको विमानस्थल सुरक्षा स्रोतले लेखाजोखालाई जानकारी दिएको छ । प्रचण्डसँगै उनकी श्रीमती सीता दाहाल, छोरीहरु गंगा दाहाल र रेणु दाहाल र अम्बिका पुडासैनी फर्किन लागेका हुन् ।

सीता दाहाल २०७४ को दसैंअघि गम्भीर बिरामी परेकी थिइन् । त्यही साल मंसिर ३ गते उनका छोरा प्रकाशको निधन भएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसअघि २०७५ साउनमा सीतालाई सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगिएको थियो । सो अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भएको पुष्टि गरेको थियो । त्यसपछि विभिन्‍न अस्पतालमा उपचार गराइए पनि स्वास्थ्यमा सुधार हुन सकेको छैन ।

Dirghayu Ads

२०७५ चैत ३ गते अमेरिकाको जोन हकिन्स अस्पतालमा पनि उनको उपचार गराइएको थियो । यस्तै २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पुसमा भारतको हरिद्वारमा रहेको पतञ्जलि योगपिठमा समेत उनलाई लगियो । तर पनि स्वास्थ्यमा सुधार भएन ।

गत बुधबार एक्कासी स्वास्थ्य अवस्था जटिल बनेपछि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ पनि उनलाई सन्चो नभएपछि भारत लगिएको थियो ।सारस

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.