काठमाडौं । अस्ट्रेलियाका अनुभवी ब्याट्सम्यान स्टीव स्मिथ, जोभारतको बिरूद्ध पहिलो दुई टेस्टमा फ्लप भए । उनले सिडनी क्रिकेट मैदानमा भईरहेको तेस्रो खेलमा भने शानदास ब्याटिङ गर्दै शतक बनाएका छन् । सेप्टेम्बर २०१९ पछि यो स्मिथको टेस्ट क्रिकेटमा पहिलो शतक हो। यस श्रृंखलाको शुरुमा उनी अर्धशतक पनि बनाउन सकेका थिएनन् ।
सिडनीमा भारत र अष्ट्रेलिया बीचको श्रृंखलाको तेस्रो टेस्ट स्टीभ स्मिथको लागि राहत भयो। पहिलो दुई खेलमा रन बनाउन असफल भएका उनले शानदार शतक खेले। खेलको दोस्रो दिन ११६ बल सामना गरेपछि आधा शतक बनाउने स्मिथले २०० बलमा शतक पूरा गरे।
स्मिथको २७ औं टेस्ट शतक
स्टीव स्मिथले शुक्रबार भारतको बिरूद्ध खेल्दै आफ्नो टेस्ट क्यारियरको २७ औं शतक पूरा गरे । खेलको दोस्रो दिन कठिन अवस्थामा ब्याटिङ गर्दै उनले यो स्थान हासिल गरेका हुन्। एक छेउबाट लगाता विकेट तल झरेपनि अर्को तर्फ स्मिथले भारतिय बलरको धुलाई जारी राखे ।
टेस्ट शतक लगभग डेढ बर्ष पछि बनेको हो
यस अघि स्मिथले सेप्टेम्बर २०१९ मा आफ्नो ब्याटबाट टेस्टमा शतक बनाएका थिए । उनले म्यानचेस्टरमा ईल्यान्डविरुद्ध २११ रन ठोकेका थिए । त्यसपछि उनी लगातार दुई पारीमा ८० र ८२ रनमा आउट भए। त्यस्तै न्युजिल्यान्डको बिरूद्ध खेल्दा ८५ रनमा आउट भए।