Wednesday, January 20, 2021

निर्वाचन आयोगले दुबै पक्षलाई फेरि पठायो यस्तो पत्र नेकपाको विवादलाई लिएर

- Advertisement -

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन सात दिनभित्र आयोगमा पेस गर्न पत्राचार गर्ने निर्णय गरेको छ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बिहीबार बसेको आयोग बैठकले सो निर्णय गरेको जानकारी सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले दिए।

आयोगले नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेर अलग–अलग पत्राचार गरेको छ। पुस ५ मा प्रतिनिधि सभाको विघटन भएसँगै नेकपाभित्रको विवाद आयोगमा पुगेपछि आयोगले यो दोस्रो पटक दुवै पक्षलाई पत्राचार गरेको हो।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ को ४ अनुसार दुवै पक्षलाई पत्र पठाएको हो। नियममा भनिएको छ, ‘जाँचबुझ गर्दा त्यसरी नाम, विधान, नियम, छाप, झण्डा, चिह्न (लोगो)मा परिवर्तन वा संशोधन गर्न वा पदाधिकारीको हेरफेर गर्न नमिल्ने अवस्था भएमा आयोगले सोको कारण खुलाई सुधारसहितको विवरण पेस गर्न सात दिनको समय दिई सम्बन्धित पक्षलाई सूचित गर्नेछ।’

नियम २५ को ५ मा सात दिनभित्र दुवै पक्षबाट विवरण प्राप्त भएमा र आयोग त्यसमा सन्तुष्ट भएमा सोबमोजिमको अभिलेख अद्यावधिक गरी राख्नेछ। कुनै विवरण परिवर्तन, संशोधन वा हेरफेर हुन नसक्ने भएमा सोही व्यहोराको जानकारी सम्बन्धित दललाई गराउने छ। कुनै परिवर्तन, संशोधन वा हेरफेर हुन नसक्ने भएमा दलको साबिकको विवरण नै कायम रहेको मानिने छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जिल्ला भरि सक्रिय संक्रमित १ जना मात्रै: ९ वटा स्थानिय...

बैतडी - बैतडीमा कोरोनाका सक्रिय संक्रमित १ जना मात्रै रहेका छन् । स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारि अनुसार अहिले दशरथचन्द नगरपालिकामा १ जना मात्रै...

मोटरसाइकल र माइक्रोबस ठोक्किँदा तीनजनाको मृत्यु !

विराटनगर । सुनसरीको दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको...

मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो साढे १२ अर्ब रुपैयाँ !

काठमाडौं – मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रायलमा पेश गरेको छ । २०७४ सालमा...

अनेरास्वविय द्धारा विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरले विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग गरेको छ । पितृशोक परेका विद्यार्थी नेता माललाई अनेरास्ववियू कञ्चनपुरले उनको बैतडीको डिलाशैनी...

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

डडेल्धुरामा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु, ५ जना घाइते

महेन्द्रनगर । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अमरगढी नगरपालिका–२ कुस्मालीमा मंगलवार करिब ३ बजे से १ त ३८१३ नम्बरको ट्याक्टर...

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा ❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया