सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निःसन्तानलाई सन्तान दिने, हलेसी महादेव विश्वकै एक प्रसिद्ध तीर्थस्थल,ॐ लेखी एक सेयर गरौं !

काठमाडौँ –धार्मिक पर्यटनको लागि कहलिएको गन्तव्य हो, हलेसी महादेव । यसलाई पूर्वको पशुपतिनाथ पनि भनिन्छ । धार्मिक आस्थाको धरोहर तथा पर्यटकिय गन्तव्य हलेसी महादेव प्राकृतिक दृश्यावलोकनका लागि पनि पुग्ने गरिन्छ । यहाँको प्राकृतिक भू बनौट पनि अचम्मलाग्दो छ । यसलाई विश्वमै अनौठो भू बनौट मानिन्छ । घना जंगल । जंगलकै मध्यमा रहेको गुफा । ठीक यहीपुगेपछि देख्न सकिन्छ, अनौठो दृश्य ।

गुफाको एकातिर हिन्दु धर्मप्रतिआस्था राख्नेहरु पुजा पाठ गरीरहेका हुन्छन् भने अर्को छेउतिर बौद्ध धर्मप्रति आस्था राख्नेहरु पुजा पाठ गरिरहेका हुन्छन् । रमाइलो त के भने, हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरु दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमीको रुपमा पूजा–आजा गर्छन् । हलेसी महादेव परिसरमा हलेसी, बसाहा र भैरव गरी तीनवटा गुफा छन् ।

मन्दिर दर्शन गरेमा दुःखबाट मुक्ति मिल्ने निःसन्तानलाई सन्तान मिल्ने र पदन्नोति हुन्छ भन्ने विश्वास छ । यहाँ महाशिवरात्रि, रामनवमी बालाचर्तुदशी र बालाचर्तुदशीमा मेला समेत लाग्ने गर्दछ । काठमाडाौंबाट हलेसी पुग्न दुई बाटो छन् । एउटा, काठमाडौं, मिचैया, कटाहारी हुँदै घुर्मी हर्कपुर हुँदै जयरामघाटबाट दूधकोशी तरेर पनि हलेसी मन्दिर को दर्शन गर्न पुगिन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अर्को बाटो, काडमाडौं धुलिखेल नेपालथोक खुर्कोट सिन्धुली घर्मी हर्कपुर हुँदै जयरामघाटबाट दुधकोशी तरेर पनि हलेसी मन्दिर पुग्न सकिन्छ।

Dirghayu Ads

(infonpl.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.