Tuesday, January 19, 2021

हरेक मनोकांक्षा पूरा हुने तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिर !! पढेर एक शेयर गराै !

- Advertisement -

हाम्रो देश नेपाल मन्दिरै मन्दिरको शहरहरुले प्रख्यात रहेको छ । हामी नेपालीहरु जति पनि स्थानमा जान्छौ त्यहाँ कुनै न कुनै महत्व बोकेका मठ मन्दिरहरु देख्न सक्छौ । जति पनि पुण्य स्थलमा जान्छौ त्यहाँ प्राकृतिक सुन्दरताले भरिपुर्ण रहको वातावरणको अवलोकन गर्न सक्दछौ । नेपालका विभिन्न शक्ति पिठहरु साथै धार्मिक तिर्थस्थलहरु मध्ये छाब्दी बाराही मन्दिर पनि एक हो ।

यस छाब्दी बाराही मन्दिर अत्यन्तै रमणीय स्थलमा रहेको छ । यस स्थानमा खोला नाला प्रकृति स्वरुप कलकल बगेको सुन्दर झरना पनि यस मन्दिर परिसरमा देख्न सकिन्छ । माछा रुपी धारा पनि यस पुण्य भूमिमा रहेको छ ।

मन्दिर वरपर पाटी पौवा रहेका छन् । यस मन्दिर भित्र रहेको कुण्डमा अत्यन्तै सुन्दर माछाहरु छन । भक्तजनहरुलाई सजिलो होस भनि वारी पारी जानका लागी पुल निर्माण गरिएको छ ।

यस छाब्दी बाराही मन्दिर माछाको पुजा गरिने नेपालको एक मात्र मन्दिर हो । यस मन्दिर भित्र २५ फिट अग्लो माछाको आकारबाट देवी उत्पन्न भएको मुर्ति स्थापना गरिएको छ ।

यस छाब्दी बाराही मन्दिरको किंम्बदन्ती यस्तो रहेको पाइन्छ । चार वेद अठार पुराणका रचयिता भगवान वेद व्यासको माताको रुपमा पुजा गर्ने गरिन्छ भनि शास्त्रमा उल्लेख भएको पाइन्छ ।

इस मन्दिरमा नेपालका शाहवंशीय सबै राजाहरुले निक्कै आस्था राखी पुजा गरेको इतिहास समेत रहेको छ ।यहाँ नेपाल लगायत भारत बाट धार्मिक पर्यटकहरु आउने गर्दछन यस मन्दिरमा भक्तजनहरुले आफुले मागेको बरदान पाइने आम जनविश्वास रहेको छ ।

यो पनि ःराधा र कृष्ण बिच गहिरो प्रेम भएता पनि विवाह गरेनन, किन ?ःजब कृष्ण र राधाबीचको प्रेम समाजमा थाहा भयो तब राधालाई घरबाट बाहिर जान रोक लगाइयो । तर कृष्णको बासुरीको धुन सुनेर राधा आफै रोक्न सक्दिनथीन् । यो देखेर घरका परिवारले खाटमा बाँधिदिए । एकदिन पुर्णिमाको रात थियो । राधाले बासुरीको मसिनो आवाज सुनिन, उनलाई आफ्नो शरीर छोडेर उतै जान मन लाग्यो । कृष्णलाई राधाले भोगीरहेको पीडा महसुस भयो, उद्धवको साथमा उनको घरको छतमा चढे ।

क्ृष्णले भने, ‘आठ वर्षपहिला जब मलाई ओखलमा बाधेका थिए, त्यो केटी मेरै नजिक आएकी थिई । तब उसको नजर म माथि थियो । उक्त पलबाट उसको जीवनको आधार बनिसकेको छ । उनले राधाको कोठाको छानो हटाइदिए, विस्तारै विस्तारै तल झरेर राधालाई बाहिर निकालिदिए । बलराम पनि छतबाट तल आए । उनले कृष्ण र राधालाई उठाएर बाहिर गए । यसपछि सबैले रातभर नृत्य गरे । भोलिपल्ट बिहान राधा आफ्नो बिस्तारामा सुतिरहेकी थिईन् ।

पुर्णिमाको यो अन्तिम रात थियो । आफूले राधासँग विवाह गर्न चाहने कुरा कृष्णले माता यशोधासँग बताए । उनको कुरा सुनेर आमाले भनिन्,‘राधा तिम्रो लागि ठिक केटी होइन, यसको कारण पहिलो त तिमी भन्दा पाँच वर्ष जेठी हो, दोस्रो उसको मगनी अर्कैसँग भइसकेको छ । जसको साथ उसको मगनी भएको छ उ कंसको सेना हो । अहिले ऊ युद्ध लड्न गएको छ । जब फर्कन्छ तब उनीहरुको विवाह हुन्छ । यसैले तिम्रो विवाह हुन सक्दैन ।

त्यसो त जस्तो बुहारीको कल्पना मंैले गरेको छु ऊ त्यस्ती खालको होइन्, राम्रो कुल घरानको पनि होइन । ऊ एक साधारण परिवारको छोरी हो तिमी मुखियाको छोरो हो । हामी तिम्रो लागि राम्री दुलही खाज्छौ ।’ यो सुनेर कृष्णले भने, ‘उ मेरो लागि सहि छ वा छैन मलाई थाहा छैन । तर मैले यति जानेको छु कि जुन दिन मलाई उसले देखिन् त्यस दिनबाट मलाई प्रेम गरिन् र मेरो मन भित्र वास गरिन् म उसैसँग विवाह गर्न चाहन्छु । ’

आमा र छोराबीचमा यो विवाद बढ्दै गयो । माता यशोधालाई भनेको कुरा पितासम्म पनि पुग्यो र भनिन्, ‘हर्नुहोस् तपाईको छोराले राधासँग विवाह गर्न चाहन्छ, त्यो केटी ठिक छैन । उ गाउँघरमा लाजै नमानी नाच्दै हिड्छे । उमाथी समाजले नज।अन्दाज लगाउनपनि सक्छ ।’ कृष्णको पिता नन्द धेरै नरम दिलका थिए । उनले कृष्णसँग कुरा मनाउने कुरा गरे तर कृष्णले आफ्नो छोडेनन् । जति गर्दा पनि कृष्ण नमानेपछि उनलाई गुरुको मा लैजान चाहे ।

गंगाचार्य र उनका शिष्य कृष्णका गुरु थिए । गुरुले कृष्णलाई सम्झाए, ‘तिम्रो जीवनको उद्देश्य फरक छ यसबारेमा भविष्यवाणी भईसकेको छ । तिमी मुक्ति दाता हो । यस संसारको धर्मको रक्षक तिमी हौ । तिमीले उक्त परिवारको केटीसँग तिम्रो विवाह गर्न हुँदैन । तिम्रो एक खास लक्ष्य छ ।’ कृष्णले सोधे, कस्तो लक्ष्य हो गुरुदेव ? यदि तपाईले चाहनुहुन्छ मैले धर्म स्थापना गरौ, के यस अभियानको शुरु अधर्मको साथ सुरु गरु ? तपाई धार्मिकता र साधुवा स्थापित गर्ने कुरा गरु ।यस्तो अभियानको शुरुवात एक गलत कामबाट भइरहेको छ ?’ गुरु ले भने, धर्मविरुद्ध काम गर्नको लागि तिमीलाई कसले भन्यो ? कष्णले भने, ‘आठवर्ष पहिले जब मलाई ओखलमा बाधिएको थियो, उक्त समय ती केटी मेरो नजिक आएकी थि, तब उसको नजर म माथी परेको थियो ।’

कृष्णले भने, ‘हुँदैन, म बढाइचढाई गरेर बताइरहेको छैन । यो साचो हो ।’ गुरुले फेरी भने ‘तिमी मुक्तिदाता हो । ’ कृष्णल जवाफ दिए, ‘म मुक्तिदाता बन्न चाहान्न । म आफ्नो गाई, मानिस, साथीहरु, पर्वतलाई र उनीहरुसँग रहन चाहान्छु । उसका दिल, शरीरका हरेक कोशिका मेरै लागि धड्कीरहेका छन् । एक पल म बिना उ रहन सक्दिन । एक दिन मलाई नदेखेमा मरे समान हुन्छिन्, उनी पुरै मेरो दिल भित्र बस्छिन्, यदि म टाढा गएमा उनी निश्चित मर्नेछिन् । ’ गुरुले भने, ‘तिमिले सबै घटनाहरु बढाई चढाई धेरै बताइरहेको छौ । ’ कृष्णले भने, ‘मैले बढाएर कुनै कुरा गरेको छैन ।’ भन्दै आफ्नो ढिपी छोडेनन् र उनको सबै कुरा सुनेर गुरुलाई लाग्यो अब कृष्णलाई उनको जन्मको बारेमा सच्चाई बताइदिने समय आयो ।

(live60media.com बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल...

मेषःमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने...

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

धार्मिक तथा पर्यटकीय महत्वको त्रिवेणीधाम ओझेलमा पर्दै आएको छ । नवलपरासी पूर्व (नवलपुर) बिनयी त्रिवेणी गाउँपालिका ६ मा पर्ने त्रिवेणीधाम ( त्रिवेणी क्षेत्र )...

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

सिस्नु के हो ? यस विषयमा सवैलाई थाहा भए पनि फाइदाका विषयमा सवैलाई थाहा नहुन सक्छ । सिन्नुमा पाइने विभिन्न भिटामिनले मानव स्वास्थ्यलाई निकै...

झुक्किएर पनि अरुलाई नसुनाउनुस्, नत्र मिल्दैन लाभ यी ५ सपना देख्नुभयो...

सुदुर पशिम खाबर माघ ५ सोमबार  काठमाडौँ । सपनाको आ–आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना देख्छन्। हिन्दु...

साढे सातको दशा कटाउन के गर्ने ?

सातामा बल्ल त बिदा भयो भन्दै अलिबेर सुत्ने बानी छ भने हटाउनुहोस् किनकी कहिले ढिला कहिले चाँडो उठ्ने बानी स्वास्थ्यको लागि राम्रो होईन ।...

४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले...

चितवन । दुई किलोमिटर सडक विस्तारको काम चार बर्षमा पनि नसक्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय भरतपुरले जरिवाना तिराउने भएको छ । भरतपुरको वाइपास सडक विस्तारको...

ज्योतिषी शास्त्र अनुसार थाहा पाउनुहोस्, कुन बार जन्मने मानिसको स्वभाव कस्तो...

सात दिनमा सात बार पर्दछन् र हरेक बारको कारक ग्रह अलग अलग हुन्छन् । आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र, मंगलबारको मंगल,...

झगडा हुँदा कसैलाई पनि नभन्नुहोस् यी ४ कुरा, नत्र लिनसक्छ उग्र...

क’पल्स बीच झगडा हुनु आम कुरा हो तर कहिलेकाहीँ सानो कुरा नै ठुलो बन्छ। कहिलेकाहीँ त कुरा यति धेरै बिग्रिन्छ कि स’म्बन्ध नै टुट्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया