Wednesday, January 20, 2021

राजनीतिक दलहरूले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढ्यो !

- Advertisement -

काठमाडौं – कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ। सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेका छन्।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी कोठे बैठक, कार्यकर्ता भेला, र्याली र आमसभालगायत कार्यक्रमले कोरोना संक्रमण बढाउने बताउँछन्। ‘पहिलो चरणमा लकडाउन र चाडपर्वमा भएका गतिविधिले संक्रमण बढायो’, डा.मरासिनी भन्छन्, ‘दोस्रो चरणमा राजनीतिक दलका गतिविधि र चुनावी माहोलले संक्रमण व्यापक रूपमा बढ्ने सम्भावना छ।’

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध सहरी क्षेत्र हुँदै गाउँ–गाउँसम्म प्रदर्शनको कार्यक्रम तय गरेको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको विपक्षी कांग्रेसले पनि वडासम्म जाने कार्यक्रम बनाइसकेको छ। नेकपाको केपी शर्मा ओली पक्षधरले पनि भेलालगायत राजनीतिक कार्यक्रम अघि सारेको छ। जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले पनि विरोध प्रदर्शनलगायत कार्यक्रम गरिरहेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशकसमेत रहेका डा. मरासिनी होलीको आसपासमा संक्रमण व्यापक हुन सक्ने बताउँछन्। पहिलो चरणको कोरोना संक्रमण तिहारपछि न्यून हुन पुगेको हो।

संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीका अनुसार सुरक्षा मापदण्ड नपनाई विभिन्न कार्यक्रम गर्न लागिएकाले संक्रमणको जोखिम रहेको बताउँछन्। ‘खुला ठाउँमा नभई समूह जम्मा हुने र बन्द कोठा तथा हलमा कार्यक्रम गर्दा संक्रमणको जोखिम हुन्छ’, डा. सुवेदी भन्छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

(upaharkhabar.com बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको सिगासमा ओली समूहको अगुवा कार्यकर्ता भेला !

बैतडी - नेकपाको ओली समूहले बैतडीको सिगास गाउँपालिकामा आज अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । यही माघ १० गते जिल्ला भेलाको तयारीमा रहेको...

पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन !

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

माधव नेपालले भने: अरिंगाल र झुसिल्किराले केही गर्न सक्दैनन् !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले अरिंगाल र झुसिल्किराले केही गर्न नसक्ने बताएका छन् । सत्य र न्यायको पक्षमा आफूहरु रहेको भन्दै नेता...

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

अदालतलाई धम्की र दबाबबाट मुक्त गर्न संघर्ष अनिवार्य(नेकपाको अपिल -पूर्णपाठसहित)

नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतलाई प्रधानमन्त्री र उनका आसेपासेहरूको दबाब र धम्कीबाट मुक्त गर्न चेतनशील नागरिक संघर्षमा...

माधव नेपालले भने : सूर्य चिह्न हाम्रै हो, केपी ओलीको भागमा...

काठमाडौँ : विभाजित नेकपामा पार्टीको आधिकारिकता तथा चुनाव चिह्नबारे विवाद भइरहँदा माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई नेकपा र चुनाव चिह्नमा आँखा नलगाउन चेतावनी...

देउवा र पौडेल बिच भेटघाट : के भयो कुराकानी ?

काठमाडौं : पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्नेबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एक्लाएक्लै छलफल भएको छ। वरिष्ठ नेता पौडेलसहितका २७ केन्द्रीय...

प्रचण्ड-माधवले गरे अपील : संविधान लाई जोगाउन सडकमा जाऔं !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव(प्रचण्ड समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणा विरुद्ध र संविधानको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया