Saturday, January 16, 2021

पुनर्वासमा प्रचण्ड माधब समुहको कार्यकर्ता प्रशिक्षण सम्पन्न !

- Advertisement -

कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल(प्रचण्ड), बरिष्ठ नेता माधव कुमार नेपाल समहुको भेला तथा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएकोछ ।

बिहिवार पुनर्वासमा नेकपा पुनर्वासको आयोजनामा प्रचण्ड नेपाल समुहको भेला सम्पन्न भएको हो । भेलामा प्रचण्ड नेपाल समुहका स्थानीय, जिल्ला, प्रदेश एव केन्द्रीय नेता कार्यकर्ताहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कदम असम्वैधानिक गैर लोकतान्त्रिक भएकाले जनताको अपमान भएको बताएका थिए ।

नेताहरुले जनताले नेकपालाई दिएको जनमतको कदर नभएको भन्दै प्रधानमन्त्रीले संविधानमा नभएको अधिकार दुरुपयोग गरेर देशलाई संकटमा पारेको दावि गर्दै आफ्ना कार्यकर्तालाई प्रशिक्षण गरेका छन् । प्रचण्ड नेपाल पक्षीय नेताहरुले आफ्नो तर्फ बहुमत नेकपाका नेता कार्यकर्ता रहेको समेत दावि गरेका छन् । संसद पुर्नस्थापनाका लागि असम्वैधानिक कदम बिरुद्ध आन्दोलनको विकल्प नभएको भन्दै नेताहरुले आन्दोलनमा होमिन आब्हान गर्दै प्रशिक्षण दिएका हुन ।

नेकपा पुनर्वास नगर कमिटिका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य बिना मगर, नेकपा नेता उर्वादत्त पन्त, प्रदेश सभा सदस्य तारालामा तामाङ्ग, कुलबिर चौधरी, नगर प्रमुख जिबन थापा, नेता रक्तबिज,माइकल,वडा अध्यक्षहरू लगायतका नेता कार्यकर्ता सहभागि भएका थिए ।

प्रधानमन्त्री ओलीको कदमप्रति प्रचण्ड नेपाल पक्षले जनतामाथि घात भन्दै जनताले नेकपालाई दिएको जनमत र विश्वासप्रति घात भएको राष्ट्रघाती कदम भएको भन्दै नेताहरुले जनविश्वासका लागि संसद पुर्नस्थापनको विकल्प नभएको बताएका थिए ।
(beldandipost.com.np बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोमल ओलीले प्रधानमन्त्री ओलीको प्रशंसामा गाइन्, बद्री पंगेनीकै शैलीमा नयाँ ...

प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको छ । गायिका तथा संसाद कोमल वलीको समेत स्वर रहेको गीत...

कांग्रेसको केन्द्रीय समिति बैठक माघ ६ गते सर्‍यो !

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ ६ गते बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस २७ गते का लागि बोलाइएको...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई संविधानको किताव !

कञ्चनपुर- नेकपा कम्युनिष्ट प्रचण्ड माधव समुहकाले शुक्रवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई संविधान अध्ययन गर्नका लागि किताव पाठएका छन् । संविधानमा नभएकको काम प्रधानमन्त्री...

प्रधानमन्‍त्री ओलीले भने, नेकपा सम्धी, छोरी र बुहारीवाला पार्टी होइन !

प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्धीवाला नभएको बताएका छन्। शुक्रबार कैलालीको धनगढीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रतिनिधिसभा...

राजनीतिक दलहरूले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन्...

काठमाडौं – कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ।...

कांग्रेस नेता रिजाल ले भने सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउछ!

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गर्नुभएको छ । आज चितवनमा पत्रकारसँग कुरा गर्दै डा रिजालले संविधानमा बहुमतको...

दुवै पक्षको जवाफ पर्खिंदै निर्वाचन आयोग !

काठमाडौं : नेकपा विवादका विषयमा दुवै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगले काम अघि बढाउने भएकोे छ। आयोगले ओली र दाहाल–नेपाल दुवै पक्षलाई पत्राचार...

माधव-प्रचन्ड पक्षले हटायो कर्ण थापालाई, नेकपा सुदुरपश्चिम पार्टी अध्यक्ष पद बाट!

धनगढी .: नेकपा माधव-प्रचन्ड पक्षले ओली पक्षमा रहेका सुदुरपश्चिम पार्टी अध्यक्ष कर्ण थापालाई हटाउने निर्णय गरेको । धनगढीमा हिजो बसेको बैठकले उनलाई हटाउन केन्द्रमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया