सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोलि प्रधानमन्त्री ओली धनगढी आउँदै, सुरक्षा हाई अलर्ट

धनगढी : नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्न भोलि धनगढी आउँदैछन् । प्रधानमन्त्री ओली अनौपचारिक पार्टी विभाजन र संसद विघटनपछि पहिलोपटक उपत्यकाबाहिर आउन लागेका हुन् ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने धनगढीको सभामा ५० हजार नेता कार्यकर्ता उतार्ने दावी नेकपा सुदूरपश्चिमको छ । सभामा जनता ल्याउन साढे तीन सय बस परिचालन गर्न नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले निर्देशन दिएका छन् । बुधबार धनगढीमा भएको बैठकमै उनले आफूसँग मोटरसाइकल भएका नेता कार्यकर्तालाई तीन जना बोकेर ल्याउन समेत उर्दी दिएका हुन् ।

Sana Kishan

प्रधानमन्त्री आउने भएपछि धनगढीको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले प्रधानमन्त्रीको सुरक्षाका लागि थप प्रहरी परिचालन हुने बताएका छन् ।प्रधानमन्त्री ओली उपस्थित हुने उक्त आमसभाको सुरक्षाका लागि पुस २४ गते करीव एक हजारको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

जिल्ला सुरक्षा समिति कैलालीले पनि प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घट्ना हुन नदिन रणनीति बनाउदै आज बैठक सम्पन्न गरेको छ । प्रचण्ड–माधव नेपाल समूहका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको विरोध गर्न सक्ने भएकाले उक्त कार्य हुन नदिन सुरक्षा निकाय हाई अलर्ट गरिएको छ ।infokhabar बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.