काठमाडौं : बिहिवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा ३ सय रुपैंयाले बढेको सुनको मूल्य आज तोलामा १३ सय रुपैयाले घटेको हो ।
बुधबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९५ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १३ सय ३० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया