नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको टिम होबर्ट हुरिकेन्सले बिग ब्यास लिगमा आज सिड्नी थन्डर्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो १२ बजेर ५५ मिनेटमा सुरु हुनेछ ।
लिगको नबौं चरणको खेलमा होबर्टले जित निकालेमा दोस्रो स्थानमा उक्लनेछ । जारी लिगमा होबर्ट तेस्रो स्थानमा रहेको छ भने थन्डर्स दोस्रो स्थानमा छ ।
आजको खेलमा पनि सन्दिप खेल्ने बलियो संभावना छ । किनकी उनले यसअघि खेलेका दुई खेलमा तीन विकेट लिएका छन । उनले दुबै खेलमा विकेट हात पारेका थिए । जसमा मेलबर्न स्टार्सविरुद्धको पहिलो खेलमा दुई विकेट लिएका थिए भने दोस्रो खेलमा एक विकेट लिएका थिए ।
तर उनले पहिलो खेलमा चार ओभरमा ३८ रन खर्चिएका थिए भने दोस्रो खेलमा अन्तिम ओभरमा १९ रन दिँदा ३६ रन खर्चिएका थिए ।
जारी लिगमा होबर्टले खेलेका खेलमा पाँचमा जित र तीनमा हार ब्यहोरेको छ भने सिड्नीले पाँचमा जित र दुई खेलमा हार ब्यहोरेको छ ।