बैतडी– बैतडीमा राष्ट्रिय परिचय पत्रका लागी अहिलेसम्म १ हजार ४८ जनाले बिबरण भरेका छन । असोज २ गतेबाट बिबरण संकलनको काम सुरु भएकोमा झण्डै ४ महिनाको अबधिमा १ हजार ४८ जनाले बिबरण भरेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिह नेगीले जानकारी दिनुभएको छ । जसमा २ सय २ जना महिला र ८ सय ४६ जना पुरुष रहेका छन । बिबरणका लागी सम्र्पुण कागजातहरु सक्कलै चाहिने भएकोले बिबरण संकलनमा समस्या भएको उँहाले बताँउनुभयो ।
सेवाग्राहीहरु सगं कागजातहरुको सक्कलै प्रति कमै मात्रामा हुने हुदाँ उल्लेख रुपमा बिबरण संकलन हुन नसकेको हो । “सबै प्रमाण पत्रहरु सक्कलै चाहिन्छ त्यसैले कम मात्रामा बिबरण संकलन भएको हो ”उहाँले भन्नुभयो । प्रत्येक स्थानिय तहहरुलाई पनी परिपत्र गर्दै उक्त कुराको जानकारी गराएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा अहिले दर्ता स्टेशन स्थापना गरेर बिबरण संकलन कार्य भईरहेको हो ।
परिचयपत्रले ब्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले पत्र बनाउनुपर्ने प्रशासनको भनाई छ । लगत सङ्कलन गरेर ल्याएपछि विवरणको आधारमा परिचय पत्र बाँडिनेछ । अहिले नागरिकता पाएकै दिन परिचयपत्रको लागि आवश्यक विवरणभरी राष्ट्रिय परिचयपत्र विवरण भर्ने ब्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । परिचयपत्रका लागि विबरण भर्न सम्बन्धित व्यक्ति स्वयंम आफ्नो सक्कलै नागरिकता र बुवा आमाको पनि सक्कलै नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
( रेडियो बैतडी बाट साभार)