महेन्द्रनगर-कञ्चनपुरको महेन्द्रनगरस्थित उत्तर शिरानमा रहेको विश्णु मन्दीरलाई शुक्रबार पत्रकार डम्मबरराज भट्टले पाँच थान डस्टवीन उपलब्ध गराएका छन् ।
नेपालको चौथो धाम विश्वणुमन्दीर यहाँको धार्मिक पर्यटीयक क्षेत्रको रुपमा विकास गरिएको बेला अंग्रेजी नयाँ बर्ष २०२१ को पहिलो दिनको अवसरमासो सामाग्री हस्तान्तरण गरिएको हो । पत्रकारिताका साथै व्यापारिक रुपमा समेत सक्रिय पत्रकार भट्टले मन्दीर क्षेत्रमा हुने फोहोर मैला व्यवस्थापनमा सहयोग पुगोस भनेर डस्टवीन उपलब्ध गराएको बताउनुभयो ।
उहाँले महेन्दूनगरमा सामाजिक अभियन्ताका रुपमा परिचित हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्द मार्फत उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । “ मन्दीर क्षेत्र धार्मिक एवं पर्यटकीय रुपले पनि सुन्दर र शान्त छ ।” पत्रकार भट्टले भन्नुभयो–“ मन्दीर वरपर सफा रहोस भनेर सामान्य सहयोग गरेको हुँ ।” हेल्प नेपालका अध्यक्ष मदन चन्दले मन्दीरमा सरसरफाइका निम्ती सहयोग गरिएकोप्रति आभार प्रकट गर्नुभयो । “
(केशब जोशी ले kanchanpurnews.com मा लेखेका छन्।)