सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रकम लेनदेन विवादमा नातेदारबाटै बालकको हत्या !

१७ पुस, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकामा मृत अवस्थामा फेला परेका बालकको हत्या रकम लेनदेनका कारण हत्या भएको खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट उनको हत्या नातामा फुपु पर्ने व्यक्तिले घाँटी थिचेर गरेको फेला पारेको छ ।

बिदेह नगरपालिका– २ दुहबी निवासी जीवन राय अमातका ५ बर्षीय छोरा अभिनन्दनको शव ब्रम्हदेव राय अमातको भैंसी बाँध्ने गोठघरमा खाल्डो खनेर गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेका थियो । ब्रम्हदेव मृतक बालकका हजूरबुवा पर्ने व्यक्ति हुने ।

घटनाको अनुसन्धान गर्ने क्रममा ब्रम्हदेवकी जेठी छोरी २६ बर्षीया प्रमिला देवी अमातले घाँटी थिचेर हत्या गरेको पाइएको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic

चाउचाउ खान दिएर हत्या :

रकम लेनदेनको रिसइबीमा प्रमिलाले बालकको घाँटी थिचेर हत्या गरेको मिश्रको भनाइ छ ।

बालक अभिनन्दन गत पुस १५ गते बिहान ९ बजेतिर प्रमिला देवीको घर पुगेका थिए । त्यस क्रममा प्रमिलाले बालकलाई चाउचाउ खान दिएकी थिइन् । चाउचाउ खाइसकेपछि मध्यान्ह १२ बजेतिर सुत्छु भनेको र प्रमिलाले आफ्नो बुबा ब्रम्हदेव सुत्ने गरेको खाटमा सुताएकी थिइन् ।

Sana Kishan

बच्चा सुतिरहेकै अवस्थामा प्रमिलाले दुबै हातले घाँटी थिचेर उनको हत्या गरेको प्रहरी समक्ष स्वीकारेकी छन् । हत्या पश्चात बेलुकी ६ः३० बजेतिर अँध्यारो भएपछि भैसी बाँध्ने गोठमा सानो खाल्डो खनेर गाडेको प्रहरीले जनाएको छ ।

बालकको शव खाल्डोमा राखेपछि प्रमिलाले सेतो सल र खरानीले छोपेकी थिइन् ।

घटनास्थलमा पुगेको प्रहरीले तत्कालै प्रमिलालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले आफूले बालकलाई हत्या गरेको स्वीकार गरेको प्रबक्ता मिश्रले बताए ।

प्रमिलाले आफूसँग बालकका आमाबुवाले पैसा लिएको र दिन नमान्दा आवेगमा आएर हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ । प्रमिलाले आफ्नो पैसा लिएको बताएपनि बालकका आमाबुवाले आफूहरुले उनीसँग कुनै पैसा नलिएको बताएका छन् ।

‘बालकका अभिभावकले बरु हामीसँग नै प्रमिलाले रकम लिएको बताएका छन्’ मिश्रले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’

(श्रवण देव ले अनलाईन खबरमा लेखेका छन्।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.