कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयले एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ ।
नगरपालिका कार्यालय र मातहतका शाखाहरुमा कार्यरत केही कर्मचारीहरुमा कोभिड १९ को संक्रमण पुष्टि भएकोले आइतबारदेखि लागु हुने गरी एक हप्तासम्मका लागि सेवा स्थगित हुने नगरपालिकाद्वारा शुक्रबार जारी सूचनामा उल्लेख गरिएको छ ।
यद्यपि, उक्त अवधिमा टेण्डरसम्बन्धी कार्य, प्रकाशित विज्ञापन बमोजिम उम्मेदवारको दरखास्त बुझ्ने कार्य, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स र दमकल सेवा भने सुचारू रहने नगरपालिका कार्यालयले जनाएको छ ।
(onlineradionepal.gov.np बाट साभार)