सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओली समूहले नै उठायो संघीयता खारेजीको माग !

काठमाडौ- नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षभित्र संघीयता खारेज गर्न आवाज उठेको छ । संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले थप कसम चाल्ने तयारी गरेको चर्चा चलिरहेकै बेला उनैको समुहबाट यस्तो आवाज उठेको हो ।

केहि समय अगाडी आफू लुटिएको भन्दै चर्चामा आएकी ओली समुहकी केन्द्रिय सदस्य निरु पालले संघियता खारेज गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाब दिएकी छन् ।

बिहिबार साँझ सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस राख्दै नेतृ पालले संघियता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद को सिट १०५ तथा केन्द्र को मन्त्रीमण्डल बढिमा १५ सदस्यीय बनाउन सुझाब दिएकी हुन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नेतृ पालले भ्रष्टाचारी लाई जेलको कालकोठरीमा सडाउने आँट गर्न समेत प्रधानमन्त्री ओलीलाई आग्रह गरेकी छन् । उनले यती गरे नेपाली जनताको मनमस्तिस्कमा प्रधानमन्त्री सधै बस्ने बताएकी छन् ।

Dirghayu Ads

(हिमालपोस्ट बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.