चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता गोविन्द केसीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अवैध र अनधिकृत रहेको जनाउँदै संविधान र विधिको शासनलाई निःसर्त स्थापित गर्नुपर्ने बताएका छन् । केसीले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अधिनायकवादी प्रवृत्तिको विरोध गर्नुपर्नेमा जोड दिएका छन् ।
‘उनी (ओली) विचरण गर्ने वैकल्पिक यथार्थमा देशको संविधान उनकै स्वार्थका लागि बनेको हुनाले जुन दिन उनको स्वार्थमा आँच आउँछ, त्यही दिन संविधानको औचित्य सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर हामी बाँचेको वास्तविक संसार र समाजमा संविधान सर्वोपरि छ ।
संविधानलाई ‘आफ्नो स्वार्थको फुटबल’ बनाउनेहरूलाई दण्डित गर्नुपर्ने केसीको धारणा छ । ‘यो देश प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति हैन । यसै गरी कुनै बेला देशलाई आफ्नो सम्पत्ति सम्झेका राजा ज्ञानेन्द्र लाई नागरिकले कसरी थान्को लगाए, त्यो कसैले नबिर्से हुन्छ,’ उनले लेखेका छन्, ‘अहिलेको संविधान पनि सर्वसाधारणले रगत र पसिना बगाएर, प्राण अर्पेर ल्याएका हुन्, नेताहरूको चोंचोमोंचो र गठजोडले गणतन्त्र स्थापना भएको होइन ।’
संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर चालिएको कदमलाई न्यायालयले सच्याइदिने नागरिकहरूको अपेक्षा रहेको जनाउादै केसीले यति बेला न्यायालय पनि अग्निपरीक्षामा रहेको जनाएका छन् । ‘न्यायालयले जस्तो फैसला गरे पनि सत्ताको उन्मादमा रहेका व्यक्तिहरूको प्रहारबाट विधिको शासन र संविधानलाई जोगाउने जिम्मेवारी हामी नागरिकसामु सदा रहने नै छ,’ विज्ञप्तिमा उल्लेख छ ।
सत्तारूढ दलको केपी ओली गुटबाहेक अन्य गुट र दलका नेताहरूलाई आफू सत्ताबाट लखेटिएको बेला मात्रै विधिको शासन याद आउने विडम्बनापूर्ण अवस्था अन्त्य हुनुपर्ने धारणा पनि केसीको छ ।
यो पनि पढ्नुहोसः यो कुरा सुरु भएको थियो २०७४ सालको नयाँ वर्षको दिन। बैशाख १ गते निन्द्राबाट ब्युझिए लगतै देब्रे हतको नाडीमा केही असहज महसुस भएको थियो। खस्रो चिज हातमा कोरिएको थियो, हेर्दा ट्याटुजस्तो देखिने छाम्दा भने कुनै कुरा टाँसिए जस्तो। बेलुका सुत्दा सामान्य नै रहको हातमा एकाबिहानै आएको अस्वभाविक परिवर्तनसंगै अनौठो अनुभुति भएपनि म डराएँ। छिटो छिटो खाटबाट उठेर बाथरुम पसेर हातमा साबुन लगाएँ। मज्जाले मिचे,पखाले। सो ट्याटु जस्तो चिज पखालिएन, बरु त्यसको रंग चेन्ज भयो। कालो गोलो घेरा देखियो। गोलो घेरा भित्र रेखाहरु आफसे आफ कोरिन थाले। हेर्दा हेर्दै गोलो आकारको दाँया बाँया घडीको दम जस्ता दुई आकार देखियो। अब घडी जस्तो आकृति प्रस्ट देखियो। घडीको १२ अंकको ठाउँमा एउटा सानो थोप्लो र ६ अंक रहने ठाउँमा अर्को थोप्लो देखे।
पानीभित्रबाट सहतमा निस्केसरी छालामा बिस्तारै तीनवटा फरक(फरक रंगका सुईहरु प्रस्ट देखिन थाले। रातो रंगको धर्सो १२ अंकतिरको थोप्लो तिर सोझियो। निलो र हरियो रंगको सुई ६ बजेको थोप्लो तिर तेस्रियो। सुईहरु देखिएको ठाउँ छाम्दा पनि महसुस हुन्थ्यो।बाथरुमबाट निस्किए। सोच्दै नसोचेको क भयो, कसलाई भन्ने मन डरायो। ‘के भएको देखाउन हस्पिटल जाउँ कि? फेरी दुखेको पोलेको केही छैन। के होला पहिले पत्ता लगाउनु पर्ने सोचे। सोच्दा सोच्दै कोठा बाहिर निस्के। नजिकै रहेको सानिमाको घर तिर तेर्सिए। सानिमाको छोरा मैरै उमेरको थियो। उसैले भन्ने आँटेर कल गरे। ‘आयुष कता छस्?’ ‘घरमा’ ‘म आउँदै छु है’ ‘ओके’, उसले फोन राख्यो।
हातको अनौठो घडी हेरे। घडीमा देखिएको दुईवटा दाँयाँबाँया रहेका दमजस्ता मध्ये एउटा अलिक बाहिर र अर्को केही भित्र छिरेको जस्तो थियो। बाहुला सारेर त्यसलाई छोपी बानेश्वर तिर लम्के। बानेश्वर चोकमा बाटो काट्नेको भित्र सदा झै बाक्लो थियो। कलेज जान लागेका केटीहरु चर्को स्वरमा गफ गर्दै थिए। चोकको बिचमा ट्राफिकको सिठ्ठिको आवाज झनै चर्को थियो। धुवाँ, धुलो, कोलाहाल, यो भन्दा त गाउँकै वातावरण ठिक। गाउँसंग तुलना गर्दै मान्छेको भिड भित्र बाटो काट्न उभिरहेको थिए। बाहुला सारेर घडी हेरे।
त्यो बाहिर निस्किएको जस्तो दम थिचेझै औलाले धकेलेको मात्र के थिए, त्यो त साच्चै थिचियो, भित्र पस्यो। यो भित्र पस्नासाथ पहिले दबिएझै रहेको अर्को तिरको दम फुत्त बाहिर आयो। १२ बजे तिर तेर्सिएको रातो सुइ ६ बजेमा झर्यो। निलो सुई १२ तिर तेर्सियो। हरियो सुईमा कुनै हलचल देखिएन। छालाको सहतमा आएको हलचलबाट आँखा उठाए, अर्को अनौठो घट्यो। वरिपरि रहको बाटो काट्नेको भिड गायब! वरिपरि हेरे, डाँडापाखा अनि वनजंगल मात्र।
ती डाँडापाखा अरु कतै नभइ उही पुरानो गाउँको थियो, जुन केही बेर अघि सम्झदै थिए। यताउता डुले, बानेश्वरबाट एकाएक गाउँमा कसरी आइपुगे, केही बुझ्न सकिन। हातको घडी हेरे। घडीको कालो गोलाकार आकार कालो थिएन। बरु चम्किलो सेतो गोलाकार भित्र रातो, निलो र हरियो सुई प्रस्ट थियो। घर भएको ठाउँमा आइपुगे। अर्को अनौठो भयो। ठाउँ त त्यहि थियो तर त्यहाँ घरको कुनै नामनिशान थिएन। केही बेर बसेर केही परको बजार तिर लागे।
बजारमा सबै घरहरु उस्तै छन्। चलहपलह उस्तै छ। मोबाइल निकालेर समय हेरे। मोबाइलमा सवा सात बजेको थियो। बिहान कोठाबाट निस्किदा सात बजेको थियो। त्यहाँबाट बानेश्वर पुग्दा सवा सात भएको हुनुपर्छ। बाटोकाट्न केही मिनेट बसे, अनि एकाएका गाउँमा पुगेको प्रस्ट याद छ। बजार आइपुग्नु अघि घर हुनुपर्ने ठाउँमा १० मिनेट त बसेको हुदो हुँ। तर मोबाइलमा सवा सात मात्र किन, रहस्यहरुको चाङ एकपछि अर्को थपिदै गयो।
(frommandu.com बाट साभार)