सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

पैसा ल्याउने आस थियो, लास आयो :गरिबको आशु देखेन कसैले !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस १७, २०७७
1 मिनेट पाठ

मलंगवा: ६४ वर्षीय उखु किसान नारायण राय यादवको आन्दोलनकै क्रममा मृत्यु भएपछि परिवारका सदस्य बिचल्लीमा परेका छन्। सर्लाहीको धनकौल गाउँपालिका–७ का यादवको परिवारमा १९ जना छन्। तीन बैंकको २५ लाखभन्दा बढी ऋण रहेको यादवका जेठा छोरा सीयाराम रायले बताए।

जिप दुर्घटना

दार्चुलाको उचाकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ४ जना घाईते, ३ को अवस्था गम्भीर !!

फाल्गुन २२, २०७७
36

दार्चुलाको गोकुलेश्वर-चाैपाता सडकखण्डको घोडेशिला नजिक यात्रुवाहक जीप दुर्घटना

फाल्गुन २२, २०७७
17

‘ऋण भए पनि बुवा हुँदा हामीलाई कुनै चिजको चिन्ता थिएन। बुवाले नै घरव्यवहार चलाउनुहुन्थ्यो। अब हामी अभिभावकविहीन बनेका छौं’, सीयारामले भने।

सीयारामका अनुसार उनका बुवा नारायणले खेती गर्न र ट्र्याक्टर किन्न तीन वटा बैंकसँग ऋण लिएका हुन्। ‘सर्लाही सदरमुकाम मलंगवाका द–सहाराबाट १४ लाख, सहारा विकासबाट ५ लाख र गाउँकै सवलम्बन सहकारीबाट ६ लाख ऋण लिनुभएको थियो’, उनले भने, ‘द–सहाराबाट बुवाको नाममा ७ र मेरो नाममा ७ लाख ऋण छ। गाउँको सहकारीबाट बुवाले मेरो र कान्छो भाइ जियालालको नामबाट ३र३ ऋण निकाल्नुभएको थियो।’

बुवा नै बितेपछि कसरी ऋण तिर्ने भन्ने चिन्ता थपिएको उनले सुनाए। सहारा विकासको ऋण बुवाकै नाउँमा रहेको उनको भनाइ छ।
उनका अनुसार धनकौलस्थित अन्नपूर्ण सुगर मिलबाट उखुको बक्यौता २४ लाख रुपैयाँ उठाउन बाँकी छ। उद्योगले पैसा दिए ऋण तिर्न सकिन्थ्यो। ‘०७३र७४ को २ लाख र ०७४र७५ को २२ लाख बाँकी छ। उखु दियौं तर उद्योगीले पैसा सट्टा बुवाको ज्यान लिए’, उनले भने, ‘उद्योगीले समयमा पैसा दिएको भए हामी टुहुरा हुँदैनथ्यौं। उद्योगीका कारण हाम्रो परिवार अहिले बर्बाद भएको छ।’

यो परिवारले खेत बेचेर भए पनि ऋण तिर्नुपर्ने अवस्था छ। दिनानुदिन बैंकको ब्याज बढ्दो छ। जसरी भए पनि ऋण तिर्न पाए हुन्थ्यो भन्ने छ । तर, पैसा नै नभएपछि कसरी तिर्नु ? ‘खेत पनि बागमती नदीको बगरमा छन्’, सीयारामले भावुक हुँदै भने, ‘कुनै वर्ष उब्जनी हुन्छ, कुनै वर्ष बाढीले सखाप बनाउँछ।’ खेतको भाउ पनि त्यति राम्रो छैन। सस्तोमा बेच्नुपर्ने बाध्यता छ। सबै खेत बेच्दा पनि ऋण तिर्न सकिँदैन।’

घरमा तीन दाजुभाइ छन्। आर्थिक अवस्था कमजोर भएका कारण पढाइलेखाइ गर्न नसकेको उनको भनाइ छ। ‘सबै जना कृषिमै लागेका छौं। १९ जनाको परिवार छ। जसोतसो परिवार पाल्नुपरेको छ’, उनले भने।

नारायण गाउँका किसानसहित आन्दोलन गर्न मंसिर २८ गते काठमाडौं गएका थिए। ‘यसपालि पैसा लिएरै घर आउँछु भनेर बुवा जानुभएको थियो। तर, न पैसा लिएर आउनुभयो न खाली हात’, उनले भने, ‘पैसाको साटो कात्रोमा बेरिएर मृत शरीर घरमा आइपुग्यो।’

सरकारसँग सहमति भएपछि पैसा पाउने आशा पलाएको थियो। ‘बुवाको नाममा १ लाख ६५ हजार र मेरो नाममा २६ हजार रकम खातामा आएको थियो। बुवाले केही पैसा गएको छ, हेर्नू भनेर फोन गरेर भन्नुभएको थियो। बाँकी पैसा ७ दिनमा दिएपछि पैसा लिएरै घर आउँछु भनेर फोन गर्नुभएको थियो’, उनले भने, ‘तर, गत मंगलबार बिहान अचानक फोन आयो। बुवाले नै गर्नुभएको थियो। फोनमा बुवाले शौच गर्न शौचालय गएका बेला बेहोस भएर लडेको घटना सुनाउनुभयो। घरबाट उपचार गराउनका लागि आऊ पनि भन्नुभयो। घरबाट जादाँ समय लाग्छ भनी मैले सँगै गएको गाउँका एक जना किसानलाई फोन गरी बुवालाई उपचार गराउन अस्पताल लैजानू म आउँदै छु भनें। तर, केही बेरमा फेरि फोन आउँदा बुवाको मृत्यु भएको खबर सुन्नुप¥यो।’

उनले बुवाको मृत्युको खबर सुनेपछि पाँच जना लिएर काठमाडौं गएको सुनाए। ‘बुधबार बिहान २ बजे मृत शरीर ल्याएर घरछेउमा बुवाले नै जग्गा दान दिएर बनाउनुभएको कृष्ण प्रणामी मन्दिरछेउमा समाधि दिएका छौं’, उनले भने। अग्निमा प्रवाह नगरी खाल्डो खनेर चारैतिरबाट इँटाको बार जोडी समाधि दिएको उनले सुनाए।

उनले बुवाको मृत्युको खबरले आमा सोनावती देवी अचेत रहेको सुनाए। सोनावतीको उपचार घरमै भइरहेको छ। ‘आमालाई अहिले स्लाइन चढाएर राखेका छौं। छिनछिनमा मुर्छा पर्नुहुन्छ’, उनले भने।

उनले बुवाको मृत्युपछि कृषि मन्त्रालयले २५ हजार सहयोग गरेको बताए। अरु कतैबाट सहयोग नआएको उनको गुनासो छ। स्थानीय मनोज यादवले आफूले उब्जाएको अन्नबालीको पैसा लिन ज्यानै दिनुपर्ने यो कस्तो जमाना आएको भन्दै गुनासो गरे। किसानको ‘हत्या’ गर्ने उद्योगीलाई राज्यले कारबाही गर्नुपर्ने माग मनोजको छ। नारायणलाई कृषक शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र परिवारको एक जनालाई रोजगार दिनुपर्ने माग आफूहरूको रहेको मनोजले बताए।

(सुनील ठाकुरले अन्नपुर्ण पोष्टमा लेखेका छन्।)

सिफारिस

जिप दुर्घटना
दार्चुला

दार्चुलाको उचाकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ४ जना घाईते, ३ को अवस्था गम्भीर !!

फाल्गुन २२, २०७७
36
मुख्य समाचार

दार्चुलाको गोकुलेश्वर-चाैपाता सडकखण्डको घोडेशिला नजिक यात्रुवाहक जीप दुर्घटना

फाल्गुन २२, २०७७
17
बैतडी

बैतडीमा कोभिड १९ बिरुद्धको खोप ढुक्क भएर लगाउन स्वास्थ्य कार्यालयको आग्रह !!

फाल्गुन २२, २०७७
12
मुख्य समाचार

आफ्नो पक्षमा बहुमत सांसद् रहेको नेकपा ओली समूहको दावी !!

फाल्गुन २२, २०७७
12
बैतडी

ज्येष्ठ नागरिकलाई खोप लगाउन बैतडीमा तोकिए ४८ खोप केन्द्र!!

फाल्गुन २२, २०७७
12
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालय परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य !!

फाल्गुन २२, २०७७
9
अर्को

आजकाल सुवास नेम्वाङलाई देख्दा मुसु मुसु हाँस्छन् प्रधानमन्त्री !

देश प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको निजी सम्पत्ति होइनः डा. गोविन्द केसी

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

आइतबार मुख्यमन्त्री भट्ट कञ्चनपुर आउँदै !!

फाल्गुन २२, २०७७
जिप दुर्घटना

दार्चुलाको उचाकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ४ जना घाईते, ३ को अवस्था गम्भीर !!

फाल्गुन २२, २०७७

दार्चुलाको गोकुलेश्वर-चाैपाता सडकखण्डको घोडेशिला नजिक यात्रुवाहक जीप दुर्घटना

फाल्गुन २२, २०७७

बैतडीमा कोभिड १९ बिरुद्धको खोप ढुक्क भएर लगाउन स्वास्थ्य कार्यालयको आग्रह !!

फाल्गुन २२, २०७७

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान !!

फाल्गुन २२, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In