सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

२०२० लाई फर्केर हेर्दा : कोरोना महामारी देखि किमको मृत्युको हल्लासम्म !

अंग्रेजी नयाँ वर्ष सन् २०२० अरु वर्षहरुभन्दा धेरै फरक र पि डादायी भएर वितेको छ। विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकां शलाई प्रभावित कोरो ना भाइ रसको महामा रीका कारण यो वर्ष लामो समयसम्म स्मरणीय वर्ष बन्ने भएको छ।

सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरो नाको महामा रीले सबै क्षेत्रलाई प्रत्यक्ष मारमा पार्यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो। कोरोना महामा रीबीचमा पनि यस वर्ष धेरै महत्वपूर्ण घट नाहरु भएका छन्। यस वर्षका मुख्य घट नाहरु यहाँ छोटकरीमा चर्चा गरिएको छ।

कोरोना महामारी : यस वर्षको सबैभन्दा ठूलो घटना भनेकै कोरोना महामारी हो। यो यस वर्षको मात्रै नभई यस युगकै ठूलो घट नाको रूपमा रहनेछ। कोरो नाको सर्वव्यापी र सर्वपक्षीय क्षतिको कुनै हिसाब किताब गरेर नै सम्भव छैन। तर मानवीय र आर्थिक क्षतिको मात्रै बढी चर्चा भएको छ। कोरो नाका कारण अहिलेसम्म १८ लाख १३ हजारभन्दा बढीको मृ त्यु भएको छ भने ८३ करोड १३ लाखभन्दा बढी मानिस स ङ्क्रमि त भएका छन्। आर्थिक क्षतिको पनि भरपर्दो विवरण अझै आएको छैन। महामारी चलिरहेकै बेलामा गत नोभेम्बर ८ तारिखदेखि कोरो ना विरु द्धको खोप प्रयोगमा आएको छ। फाइजर र बायोएनटेकले विकास गरेको खोप प्रयोग भइसकेको छ भने अन्य खोपपनि प्रयोग गर्न मिल्ने अन्तिम चरणमा रहेकाले महामा री न्युनिकरण हुने अपेक्षा गर्दै सन् २०२० लाई बिदाई गरिँदैछ।

World Link Ads
Mahakali Polytechnic

इयूबाट बोलायतको बहिर्गमन : लामो विवा द र रस्साकस्सी हुँदै युरोपेली संघबाट बेलायत बाहिरिएको छ। जनवरी ३१ मा बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको हो। पछिल्लो तीन वर्षदेखि युरोपेली संघबाट बाहिरिने प्रक्रिया अन्यौलमा परेको थियो। यूरोपेली संघबाट बाहिरिएपछि अहिले व्यापार, सुरक्षा, यातायातलगायतका क्षेत्रमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ।

Dirghayu Ads

ट्रम्पमय राजनीति : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको सुरुवातदेखि नै चर्चामा रहेपनि यस वर्ष कार्यकाल नवीकरण गर्ने वर्ष भएकाले पनि बढी चर्चा भयो। गत नोभेम्बर ३ मा भएको निर्वाचनबाट कार्यकाल लम्ब्याउन नसकेपनि उनले निर्वाचनको बेलाको आरोप प्रत्या रोप, मास्क बहिस्कार, कोरोनाप्रतिको उहाँको दृष्टिकोणलगायतका कारणले उहाँ चर्चाको केन्द्रमा नै रहे। दोस्रो कार्यकाल गर्न नपाउने दुर्लभ राष्ट्रपतिको रुपमा उनलाई यस वर्षले टुंगो लगायो। उनलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन निर्वाचित भए। निर्वाचनपछि पनि उनले नतिजा अस्वीकार गरेर थप चर्चा बटुले। वर्षको सुरुवातमा फेब्रुअरी ६ तारिखका दिन तल्लो सदनमा पारित ट्रम्प विरु द्धको महाभियोग प्रस्ताव माथिल्लो सदन सिनेटले खारेज गर्यो।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ताःअमेरिकाले तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट आफ्नो अमेरिकी सैनिक फिर्ता बोलायो। सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना नराख्ने घोषणा गरे। त्यो घोषणा उनको कार्यकालको अन्त्यतिर मात्रै लागे। तालिवान विद्रो ही र अमेरिकाबीच अफगानिस्तानमा १८ वर्षभन्दा बढी समय यु द्ध चलेकोमा अहिले कम भएको ठानिएको छ। तर शान्ति प्रक्रिया भने अझै पनि तार्किक निश्कर्षमा पुगेको छैन।

सलह आतंक :यस वर्षका विश्वव्यापी चर्चित घट ना मध्ये सलह आतं क पनि एक हो। विषेशगरेर दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो। कोरो नाको महामा री चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य सङ्क ट आउने सम्मको विश्लेषण गरिएको थियो। सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको सलह नै एक वर्षपछि साउदी अरब, इरान हुँदै दक्षिण एसियाली राष्ट्र पाकिस्तान भित्रिएको थियो। त्यसपछि पाकिस्तानमा ठूलो क्षति पु¥याउँदै भारत हुँदै नेपाल छिरेको थियो। यसले यी देशहरुको कृषिमा ठूलो क्षति गरेको छ।

Sana Kishan

ठूला दुःखद घट ना : यस वर्षका ठूला घट नामध्ये इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभरी नै तरङ्ग फैलायो। जनवरी ३ मा भएको यो घट नाको चर्चा सेलाउन नपाउँदै इरानको सेनाले युक्रेनी विमानलाई खसालिदियो। इरानको सेनाले पछि ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको स्वीकारोक्ति गरेको छ।

दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो। खासगरी इरान र यूक्रेनसहित विभिन्न देशका गरी १७६ नागरिकले उक्त दुर्घ नामा ज्यान गुमाएका थिए। लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटनमा परी झण्डै ८० जनाको मृत्यु भयो। अष्ट्रेलियामा लागेको डढेलोले धेरै जीव जन्तुले ज्यान गुमाए। आग लागी नियन्त्रण गर्न हम्मे हम्मे पर्यो। आग लागीको असर अन्य देशहरुमा पनि पर्यो। विश्वचर्चित घट नामध्ये अमेरिकामा एक जना अफ्रिकी–अमेरिकीको प्रहरीले ह त्या गरेपछि रङ्गभेद आन्दोलनले अमेरिका तरङ्गित भयो।

किमको मृ त्युको हल्ला : बेला बेलामा अमेरिकालाई चुनौती दिने र आणविक हतियार रहेको शक्तिशाली मुलुक मानिने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृ त्युको हल्लाले पनि यस वर्ष धेरैको ध्यान खिच्यो। दक्षिण कोरिया र केही पश्चिमा सञ्चार माध्यमहरूले किम २० दिनसम्म सम्पर्कविहिन हुँदा उहाँको मृ त्यु नै भएको समाचार सम्प्रेषण गरेका थिए।

उनको निधन भएको समाचारप्रति विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुले समेत चासो र चिन्ता व्यक्त गरेका थिए। सर्वत्र चासो र चिन्ता भइरहेकै बेला झण्डै २० दिनपछि उनले प्योङयाङ नजिकै रहेको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहबाट सार्वजनिक भए। उनको मृ त्युको चर्चा यसअघि पनि पटक पटक हुनेगरेकोमा यस पटक पनि झुटो सावित भएको छ।

अल बिदा म्यारोडोनाःफुटबलका सर्वमान्य महान खेलाडी डिएगो म्यारोडोनालाई यसै वर्ष गुमाउनु पर्यो। उनले सन् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाए। सन् २००० मा फिफाले मतदान गराउदा अर्जेन्टिनाका फुटबल हस्ती म्यारोडोना शताब्दीको सर्वोत्कृष्ट खेलाडीका रूपमा चयन भए। खेल जगत्मा कतिपयले उहाँलाई फुटबलमयी खेलाडी र भगवान्समेतको संज्ञा दिने गरेका छन्। म्यारोडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका लाखौँ खेलप्रेमी स्तब्ध भएका थिए। उहाँको निधन भएपछि अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको थियो।

माथि उल्लेखित बाहेक पनि वर्ष सन् २०२० मा विश्वले अरु पनि धेरै प्रभावशाली र स्मरणीय व्यक्तिहरुलाई गुमाएको छ। त्यसैगरी अरु धेरै दीर्घकालिन महत्व राख्ने घ टनाहरु पनि भएका छन्। धेरै देशले को रोना महामा रीका बीचमा पनि निर्वाचन गरेर नयाँ सरकार बनाएका छन् भने राजनीतिक समीकरण र सीमा विवा दमा बेला बेलामा चर्चामा रहेका थिए।

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.