कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो ।
केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरो ना सं क्रम ण पुष्टि भएको थियो । यद्यपि उनीहरूमा देखिएको कोरो ना नयाँ प्रजातिको हो या होइन भनेर जिन सिक्वेन्सिङ गरिएको छैन । नयाँ कोरो ना भाइ रस पहिलेको कोरो ना भाइ रसभन्दा तीव्र गतिमा सर्ने गरेको अध्ययनले पुष्टि गरेको छ । चिकित्सकका अनुसार नयाँ स्वरूपको भाइरस कडा प्रकृतिको भने होइन ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नयाँ स्वरूपको कोरो ना भाइ रस ती व्र गतिमा फैलिन्छ । उनले भने, ‘यो भा इरसले छिटो प्रभावित पार्छ । भारतसँगको खुला सिमानाका कारण नेपाल जोखिममा छ । जोखिम रोकथामका लागि सरकारले तीव्र तयारी गर्नुपर्छ ।’
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार भाइरसले पटक पटक म्युटेसन हुने र आफूलाई अपडेट गरिरहन्छ । उनले भने, ‘यो को रोना भाइ रस नै हो, अर्को नयाँ भाइरस होइन । भाइरस पटक पटक म्युटेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन् । यसअघि पनि २३ पटक नोबेल कोरो ना भाइ रसको म्युटेसन भएको थियो । कोरो ना भाइ रसको त ४ हजार पटकभन्दा धेरैपटक म्युटेसन भएको छ ।’ नयाँ स्वरूपको भाइरस निकै छिटो सर्ने भएकाले नियन्त्रण गर्न गाह्रो हुने बेलायती अधिकारीले बताएका छन् ।
जनस्वास्थ्य विज्ञ डा. पाण्डेले भने, ‘यो प्रजातिको कोरो ना भाइ रस नेपालमा पनि आउन सक्ने सम्भावना छ । अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, दूरी कायम गर्ने, भीडभाडमा नजाने, भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने तथा हात नियमित रूपमा धुने गरेमा हामी यो भा इरसबाट बच्न सक्छौं । यसको घात क प्रभाव कम भएकाले डराउनुपर्दैन ।’ हाल सरकारले बेलायतबाट आवतजावत बन्द गरेको छ ।
आत्मानुशासन नहुँदा कोरो नाको दोस्रो लहर आउने खत रा बढेको छ । व्यक्ति स्वयं सचेत नहुँदा र सरकारले हेलचेक््रयाइँ गर्नेमाथि कार बाही नगर्दा जोखिम थप बढेको हो । केही दिनयता परीक्षण घट्दा सं क्रमि तको संख्या घटेको देखिएको छ ।
अहिले दैनिकजसो प्रदर्शन, जुलुस र सभा गर्न थालिएको छ । जुलुसमा कुनै व्यक्तिमा सं क्रम ण देखिए आम व्यक्ति प्रभावित हुनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अझै कोरो ना सं क्रम णको उच्च जोखिममा रहेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जोखिम अझै कायम छ । उनले भने, ‘हिँड्दा, बस्दा र काम गर्दा एक अर्कालाई सं क्रम णको आशं कामा राखेर मानिसबाट मानिसको दुरी कम्तीमा २ मिटर कायम गरौं । सधैं समुचित तरिकाले मास्क प्रयोग गरौं ।
हातको सरसफाइमा ध्यान दिऔं । हातले नाक, मुख र अनुहार छुने बानी हटाऔं ।’ उनले व्यक्तिको यस किसिमको बानी सुधार भए कोरो ना सं क्रम णबाट मात्र नभई धेरै किसिमका सरुवा रोगबाट बच्न सकिने बताए । (gnewsnepal.com बाट साभार)