महेन्द्रनगर । कञ्चनपुरकोे दोधारा चाँदनी झोलुङ्गे पुल मर्मत कार्य गर्नु पर्ने भए पछि पुल बन्द हुने भएको छ । ठाँउठाँउमा नटबोल्ट तथा प्लेटहरु टुटेपछि जीर्ण बन्दै गएको पुलको शनिबार देखि मर्मत कार्य सुरु गरिने हो । पुलको मर्मत सुरु भएसँगै पौष १७ र १८ गते दुई दिन दैनिक साढे ३ घण्टाका लागि आवागमन बन्द गरिने दोधारा चाँदनी नगरपालिकाले जनाएको छ ।
मर्मत कार्यमा सजिलो होस् भनेर बिहान, दिउँसो साढे ३ घण्टाका लागि आवागमन बन्द गरिनिमित्त प्रमुख प्रशासकिय अधिकृत हरीदत्त जोशीले जानकारी दिएका छन् । पुलको मर्मतका लागि बिहान ११ः३० देखि दिउँसो ३ बजेसम्म पुलमा आवागमन बन्द गर्ने निर्णय गरिएको बताए ।
महाकाली नदीपारिको महाकाली नगरपालिका जोड्ने डेढ मिटर चौडाइको पुलको लम्बाई एक हजार चारसय ५२ मिटर छ । नेपालमा रहेका सबै प्रकारका पुलहरू मध्ये चाँदनी दोधारा पुल नै सबैभन्दा लामो पुल हो २०६१ मा ९ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको पुल एसियामै दोस्रो लामो झोलुङ्गे पुलमा ३२.७ मिटरका ७ वटा अग्ला टावर छन् ।
(मानसखण्ड बाट साभार)