सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेबसाइट बिना सामाजिक सञ्जालमा व्यापार गरे १ लाख जरिवाना !

 

 

काठमाडौं । अब विद्युतीय माध्यम खडा नगरी ईकमर्स व्यवसाय सञ्चालन गरे कारबाही हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय व्यापार व्यवस्थापन गर्न तयार पारेको विधेयक मस्यौदामा वेबसाइट तयार नगरी विद्यूतीय व्यापार गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको हो ।

यसको अर्थ विधिवत रुपमा ईकमर्स कम्पनी दर्ता नगरी तथा वेबसाइट नबनाएर सामाजिक सञ्जालकै भरमा अनलाइन व्यापार व्यवसाय सञ्चालन गर्न पाइने छैन । विधेयकमा विद्युतीय व्यापार गर्ने प्रत्येक व्यवसायीले ग्राहकले चाहेको जुनसुकै बखतमा सुसूचित निर्णय लिनसक्ने गरी आफ्नो व्यापार व्यवसाय सम्बन्धी वेबसाइट तयार पार्नुपर्ने उल्लेख छ ।

World Link Ads
Mahakali Polytechnic

साथै यसरी तयार पारिएको विद्युतीय प्रणाली सेक्योर सकेट लेयर सर्टिफिकेट युक्त (सुरक्षाको निश्चित मापदण्ड) हुनुपर्नेछ । यसैगरी वेबसाइटमा व्यवसायीको नाम, ठेगाना तथा व्यवसाय दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर दर्ता नम्बर, सम्पर्क ईमेल, टेलिफोन, फ्याक्स, मोबाइल नम्बर र गुनासो सुन्ने अधिकारीको विवरण समेत उल्लेख गर्नुपर्नेछ ।

Sana Kishan

यसैगरी विद्युतीय व्यापारका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पोर्टलमा अनिवार्य रुपमा सूचीकृत समेत गराउनुपर्नेछ । सूचीकृत नगराई ईकमर्स सञ्चालन गरेमा समेत एक लाख रुपैयाँसम्म जरिवाना लाग्नेछ ।

साथै विद्युतीय व्यापारका लागि उपलब्ध वस्तु तथा सेवाको विवरण, त्यसमा लाग्ने कर सहितको अन्तिम बिक्री मूल्य, उत्पादनको विस्तृत विवरण, डेलिभरीमा लाग्ने समय, वारेन्टी तथा ग्यारेन्टी लगायतका विवरण समेत वेबसाइटमा स्पष्ट रुपमा खुलाउनुपर्ने छ । अन्यथा अवस्थामा यसमा समेत एक लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ ।

विधेयक अन्तर्गतका कसुर गरेको खण्डमा सरकारवादी मुद्दा लाग्ने छ ।मन्त्रालयले विधेयक मस्यौदामा सरोकारवालाहरुबाट राय सुझाव माग गरेको छ । यदि यसमा तपाईंको कुनै सल्लाह सुझाव छ भने निश्चित ढाँचामा मन्त्रालयलाई ईमेल पठाउन सक्नुहुनेछ ।  (टेकपाना बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.