सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोलिदेखि बैदेशिक रोजगारको पुनः श्रम स्वीकृति अनलाइनबाट

सरकारले शुक्रबारदेखि बैदेशिक रोजगारको पुनः श्रम स्वीकृति (श्रम स्वीकृतिको नविकरण) अनलाइन मार्फत नै वितरण गर्ने भएको छ । बैदेशिक रोजगार बिभागले नयाँ बर्ष सन् २०२१ जनवरी १ तारिखबाट यो सेवा सुचारु गर्न लागेको हो ।

Sana Kishan

योसँगै भोलि (शुक्रबार) देखि बैदेशिक रोजगारमा गएका नेपाली कामदारले कुनै पनि ठाउँबाट आफ्नो श्रम स्वीकृति नविकरण गर्न सक्नेछन् । बैदेशिक रोजगारमा जाने कामदारले बिभागबाट श्रम स्वीकृति लिएर जानुपर्ने हुन्छ ।

उक्त श्रम स्वीकृतिको अवधी भने २ बर्षको हुन्छ । त्यसपछि सोही मुलुकमा नै काम गर्न त्यसको नविकरण गर्नुपर्ने हुन्छ । र, त्यो श्रम स्वीकृति नविकरण गर्न कामदारलाई नेपालमा नै आउनुपर्ने बाध्यता थियो ।

तर, अब भने विश्वको कुनै पनि मुलुकबाट कामदारले आफ्नो श्रम स्वीकृति नविकरण गर्न सक्ने बिभागको भनाइ छ । विदामा नेपाल आएका तथा विदेशमा नै रहेका कामदारले अनलाइन मार्फत यो सुविधा लिन सक्ने छन् ।

हाललाई पुनः श्रम स्वीकृतिको लागि मात्र यस्तो व्यवस्था गरिएको हो । निकट भविष्यमा नयाँ श्रम स्वीकृतिलाई पनि अनलाइन प्रणालीमा लैजाने बिभागले बताएको छ ।

अनलाइन पुनः श्रम स्वीकृति लिनुपूर्व कामदारले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भने भुक्तानी गर्नुपर्ने हुन्छ । उक्त रकम भुक्तानी गर्न पनि अनलाइनबाट नै सकिने छ ।

इ–सेवा, खल्ती जस्ता अनलाइन भुक्तानी सेवा प्रदायक संस्थासँग सहकार्य गरिएको बिभागको भनाइ छ । उक्त रकम भुक्तानी भएपछि कामदारले बिभागको वेवसाइटमा रहेको अनलाइन श्रम स्वीकृति सिस्टमा गएर आवेदन दिन सक्नेछन् । त्यसपछि बिभागले कामदारको इमेलमा नै पुनः श्रम स्वीकृतिको स्टीकर पठाउने छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.