सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

‘युवाहरूलाई देउडा खेलाउन फ्युजन गरेको हुँ’

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस १६, २०७७
1 मिनेट पाठ

हेर्नू थियो त्यो लुकाएर आयौ : धर्मानन्द भट्ट

फाल्गुन ११, २०७७
9
(urlabarinews.com बाट साभार)

महिलालाई देख्ने बित्तिकै यी अंगमा पुग्छ पुरुषको कर्के नजर !

माघ २५, २०७७
15
‘यो हिजोदेखि आजसम्म पनि सुदूरपश्चिमको लोकप्रिय भाका हो। सबैको मुखमा झुन्डिरहने भएकाले धेरैले मन पराइदिनुभएको छ’

चकलेट दियाँ भुल्ली जान्थी, हिरा चडी नाच !
हे अहिले पो ठूली भै, भन साली तेरी दिदी कहाँ छ…!!
बाखराकी मोही खाएको, हिरा चडी नाच !
अब त भुली है भन साली तेरी दिदी कहाँ छ…!!

प्रत्येक वर्ष भदौमा पर्ने गौरा पर्वमा सुदूर र मध्यपश्चिमेलीहरूले देउडा खेल्दा गाइनेमध्ये सबैभन्दा बढी प्रयोग हुने भाका हो, ‘भन साली तेरी दिदी कहाँ छ।’

त्यही भाका टिपेर चक्र बमले अघिल्लो शनिबार सार्वजनिक गरेको ‘भन साली’ बोलको फ्युजन देउडा यतिबेला धेरैले मन पराएका छन्।

गोलो घेरा लगाएका मानिसहरू दुई समूहमा बाँडिन्छन्, पैताला मिलाउँछन् र दुवै समूहका एक–एक जनाले गीत हाल्छन्। त्यही गीतलाई अन्यले पछ्याउँछन्। देउडा खेल्ने शैली यही हो।

देउडामा दुई समूहबीच गीतमै सुखदुःख, मायापिरती र ख्यालठट्टाका कुरा हुन्छन्। प्रश्नोत्तर चल्छ। युवापुस्ताहरू मायापिरती र ख्यालठट्टाका देउडामा बढी झुम्मिन्छन्।

 

२८ वर्षे गायक बम पनि देउडा भनेपछि युवाहरूकै समूहमा मिसिन्थे। थुप्रै पटक ख्यालठट्टा, मायापिरतीका देउडामा भाका हाल्थे। तर उनलाई युवापुस्ताको मन छुने अडियो नभएकोमा भने भित्रभित्रै खट्किरहेको थियो।

‘प्रायः देउडाका अडियोहरू बूढापाका खेल्ने टाइपका मात्रै थिए। युवाहरू पावरफुल म्युजिकमा देउडा खेल्ने माहोल थिएन’, बमले नेपालखबरसँग भने, ‘त्यही कारण देउडामा मिसिन खोज्ने युवाहरू पनि बाहिरै बसेका थिए। उनीहरूलाई देउडामै समाहित गर्ने खालको गीत चाहिएको थियो।’

त्यही कुरालाई महसुस गर्दै बमले दुई वर्षअघि देउडाको चर्चित पुरानो भाकामध्येको एक ‘भन साली…’लाई आधुनिक म्युजिकसँग मिसाएर अर्थात् फ्युजन गर्दै युवालक्षित गीत बनाउने सोच बनाएका हुन्।

उक्त भाकामा गीत बने नबनेको बारे सोधीखोजी समेत गरे। यस क्रममा उनले डेढ दशकअघि नरेन्द्रराज रेग्मीले ‘सीता वनबास, स्वर्ग बादल मन उदास’ गीतमा उक्त भाका रेकर्ड गराए पनि ‘भन साली…’ शब्दहरूचाहिँ रेकर्ड नभएको भेट्टाए।

गीत ल्याउनुअघि बमले रेग्मीसँग पनि सल्लाह गरे। रेग्मीले पनि आपत्ति जनाएनन्। बमले संगीतमा रेग्मीकै नाम दिए आफ्नो नाम ‘म्युजिक एरेन्जर’मा राखे।

‘गाउँघरमा गाइने लोकगीत जसले पहिले गायो, त्यसको एक किसिमको हक हुन्छ। उहाँले पनि संकलन भनेर लेख्नुभएको छ’, बमले भने, ‘उहाँले यही भाकामा अर्को गीत गाउनुभएकाले म्युजिकमा उहाँलाई नै क्रेडिट दिएको छु। बाँकी सबै काम आफैँले गरेको हुँ।’

दुई वर्षअघि सोच बनाएर गीतको तयारीमा लागे पनि गत शनिबारमात्रै बमले आफ्नो युट्युबमार्फत यो गीत सार्वजनिक गरेका हुन्। गितार, तबला, मादल, बाँसुरीसहित मञ्चमा प्रस्तुत गरिएको फ्युजन देउडालाई दर्शकले मन पराएका छन्। यसै गीतमा थुप्रै टिकटक समेत बनेका छन्।

‘यो हिजोदेखि आजसम्म पनि सुदूरपश्चिमको लोकप्रिय भाका हो। सबैको मुखमा झुन्डिरहने भएकाले धेरैले मन पराइदिनुभएको छ’, बम भन्छन्, ‘हराइसकेको गीत पनि नयाँ तरिकाले उजागर भयो भनेर सकारात्मक कमेन्ट आइरहेका छन्। पश्चिममा मात्रै सीमित गीत अहिले देशव्यापी भएको छ।’

देउडा गीतका लागि बमको टोलीले निर्माण गरेको भिडियोले पनि मेल खाँदैन। देउडाका भिडियो प्रायः चउर वा धार्मिक स्थलमा मान्छेहरूले पैताला जोडेर खेलेको देखाइने गरिएको छ। तर स्टुडियोमा गायक गायिका (लक्ष्मी आचार्य) कुर्सीमा बसेर देउडा गाउँछन्। स्टुडियोमै देउडियाहरूले भाका मिलाउने नयाँ प्रयोग भिडियोमा गरिएको छ।

बमले आफ्नो ध्यान भिडियोभन्दा पनि अडियोमा रहेकोले मैदानमै देउडा खेलेको दृश्य सुटिङ नगरिएको बताए।

‘हामीले युवाहरूलाई देउडा खेलाउन एउटा अडियोमा गीत दिऔँ भनेर ध्यान दिएका हौँ। भिडियोमा पैतालासहित अभिनय गर्दा अडियो छायामा पर्नसक्थ्यो’, उनले भने, ‘त्यसैले हामी बसेर लाइभ गाएजस्तो गरौँ र मान्छेको ध्यान अडियोमा जाओस् भन्ने चाहना हो। बरु छुट्टै भिडियो पछि बनाउँला भन्ने सोचेका छौँ।’

पछिल्ला दिनमा पूराना गीतलाई रिमेक अर्थात् फेरि बनाएर ल्याउने चलन बढेको छ। यसरी रिमेक गर्दा गीत, भाका बिगारेको, कला–संस्कृतिमा आँच पुर्याएको आरोप लाग्दै आएको छ। यसअघि विभिन्न देउडा गीतलाई आधुनिक शैलीमा गाउँदा बमले पनि त्यसखाले आरोपको सामना गर्नुपरेको थियो।

यसपटक भने त्यस कुरामा आफूले निकै ध्यान पुर्याएको र यो गीत रिमेक नभएर नयाँ भएकाले आलोचना खेप्नु नपरेको उनले बताए।

भन सालीकाे भिडियाे ः 

‘यो रिमेक हैन। पुरानोलाई चलाउनु वा थपथाप गर्नु चुनौतीपूर्ण काम हो। रिमेक बनाउँदा गीत बिगारेको, संस्कृति बिगारेको भन्दै गाली पनि खाइन्छ’, उनले भने, ‘यो चिज पहिले कसैले गाएर हिट पनि भएको छैन। रेकर्डेड थिएन। गाउँमा गाइराख्ने कुराहरूलाई कलेक्सन गरिएको हो। गाउँमा छुट्टाछुट्टै हिसाबबाट गाइन्थे। यसपटक रेकर्डमात्रै गरिएको हो।’

गीतमा प्रयोग भएको ‘लाउ लाउ लाउ बिरे छम्को…पश्चिमेली चेलो(चेली) छैन है कम्को’ भन्ने लयलाई टिपेर धेरैले टिकटक बनाएको पाइन्छ। यो वाक्य बमको दिमागमा गीत लेखिसकेपछि एरेन्ज गर्ने क्रममा आएको हो।

‘सुरुमा यो वाक्यबारे केही सोचेको थिएन। एरेन्ज गर्ने क्रममा फुरेको हो’, उनले थपे, ‘पुरानो भाकालाई सरासर गीत बनाउँदा त्यसमा आफ्नो नयाँपन केही नदेखिने भयो। एरेन्जरसँग बस्दा स्टुडियोमा बस्दा यो वाक्य आएपछि थपियो। म्युजिक सुन्दा पनि सुहायो।’nepalkhabar.बाट सभार

 

सिफारिस

मनोरञ्जन

हेर्नू थियो त्यो लुकाएर आयौ : धर्मानन्द भट्ट

फाल्गुन ११, २०७७
9
(urlabarinews.com बाट साभार)
मनोरञ्जन

महिलालाई देख्ने बित्तिकै यी अंगमा पुग्छ पुरुषको कर्के नजर !

माघ २५, २०७७
15
मनोरञ्जन

जीवनको फरक मोड : कतार हिँडेको केटो काठमाडौंमा हिट गायक !

माघ २५, २०७७
17
gnewsnepal.com
मनोरञ्जन

‘सूर्यवंशी’ फिल्म सेयरका कारण प्रदर्शनमा अन्योलता !

माघ २५, २०७७
9
मनोरञ्जन

पुरुषले महिला देख्नासाथ सबैभन्दा पहिले शरीरका कुन ३ वटा अंग बढी हेर्छन? जानी राखौं !

माघ २४, २०७७
31
मनोरञ्जन

लोकप्रिय गायक शिशिर योगीको यथार्थपरक भावमा ‘कर्णाली पारि’ गिति भिडियो सार्बजनिक !

माघ २३, २०७७
57
अर्को
a young woman holds in her hand to her mouth to sneeze. halitosis and bad breath

श्वास किन गनाउँछ ? यसरी राख्नुस् मुख र दाँत स्वस्थ !

भोलिदेखि बैदेशिक रोजगारको पुनः श्रम स्वीकृति अनलाइनबाट

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

१ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम लेखाउन पाउने !!

फाल्गुन १७, २०७७

प्रचण्डले भने नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ !!

फाल्गुन १७, २०७७

लागुऔषध सहित ४ जना पक्राउ !!

फाल्गुन १७, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In