- विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् ।
- वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ३० लाख ६३ हजार ३३ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ लाख १२ हजार १ सय ८ पुगेको छ ।
- त्यस्तै हालसम्म विश्वमा ५ करोड ८८ लाख ६७ हजार ११ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।
- त्यस्तै अमेरिकामा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट ३ लाख ५० हजार ७ सय ७८ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या २ करोड २ लाख १६ हजार ९ सय ९१ पुगेको छ । त्यस्तै कोरोनाको उपचारपछि निको हुनेको संख्या १ करोड १९ लाख ९८ हजार ७ सय ९४ पुगेको छ ।
- त्यस्तै अर्को देश ब्रजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ९३ हजार ९ सय ४० पुगेको छ भने संक्रमितको संख्या ७६ लाख १९ हजार ९ सय ७० पुगेको छ ।