शिशुको सिकाइ कहिलेबाट शुरु हुन्छ ?

काठमाडौं- सिकाइ भनेको दैनिक अनुभव र अभ्यासद्वारा बालबालिकामा आउने परिवर्तन हो । सिकाइले बालबालिकाको धारणा, ज्ञान, सीपमा सकारात्मक परिवर्तन गराई व्यक्तित्व विकासमा सघाउँ पर्याउँछ ।

मस्तिष्क स्नायु प्रणाली विकास सम्बन्धी अनुसन्धान प्रतिवेदनमा उल्लेख भए अनुसार गर्भमा नै सुनाई र दृष्टिको विकास शुरु भई जन्मेर पहिलो वर्ष भित्र उच्चतम विकास भई सक्छ । तर, सिकाइ जन्म लगतै शुरु हुन्छ । शिशु बालबालिकाले आफ्नो आवश्यकता र क्षमता अनुसार सिक्दै जान्छन् ।

मस्तिष्क विकाससम्बन्धी अनुसन्धान अनुसार बच्चा जन्मदा मस्तिष्क विकास भईसकेको हुन्छ तर मस्तिष्कमा भएका सम्पूर्ण स्नायु कोषहरू एक अर्कोमा जोडिसकेको हुँदैन ।

बच्चा जन्मँदा २५  प्रतिशत मात्र स्नायुहरूको सञ्जाल बनेको हुन्छ । बच्चा जन्मेपछि सिकाइ अनुभवको आधारमा यी स्नायु कोष ९न्यूरोन० एक अर्कोसँग जोडिँदै सञ्जाल निर्माण हुने कार्य अति छिटो हुने गर्छ । जन्मेदेखि ३ वर्षभित्रमा मस्तिष्कमा भएका कोशिकाहरू करीब ७५  प्रतिशत  एक अर्कोमा जोडिँदै अनुभवको सञ्जाल निर्माण हुन्छ । यसबाट जीवनभरको सिकाइ क्षमता निर्धारण हुन्छ ।

शिशुले सिकेका अनुभवहरू मस्तिष्कमा सञ्चित हुन्छन् र कोशिकाहरू जोडिँदै जान्छन् । मस्तिष्क विकास हुनका लागि पोषिलो खाना, तनावमुक्त वातावरण र उत्प्रेरणा अति आवश्यक हुन्छ ।

प्रभावकारी सिकाइका केही तरिकाः

अनुभवमा आधारित सिकाइ 

बालबालिकाले पाँच इन्द्रियको माध्यमद्वारा अनुभव गरेर सिक्छन् । नवजात अवस्थादेखि नै बालबालिकाले आफ्नो वातावरणबाट हेरेर, सुनेर, सुँघेर, स्वाद लिएर र छामेर सिक्छन् ।

अभ्यासबाट सिकाइ

बालबालिकाले प्रयत्न र गल्ती गरेर सिक्छन् । उनीहरूले आफूलाई जिज्ञासा लागेको, मनपरेका क्रियाकलापहरू बारम्बार गर्न रुचाउँछन् । यस्तो क्रियाकलापले उनीहरूको विकासमा  मद्दत पुग्दछ ।

नक्कलबाट सिकाइ

बालबालिकाले भाँडाकुटी, पुतली, जीवजन्तुका नमूना खेलौनासँग खेल्दै नक्कल, अभिनय गरेर आफ्नो भावनाहरू सही समयमा सही तरीकाले व्यक्त गर्न र घरपरिवार छिमेकमा समायोजन हुन आवश्यक सीप सिक्दछन् ।

समस्या समाधानमा आधारित सिकाइ

बालबालिकाले खेल खेल्दा, दैनिक जीवनका क्रियाकलापमा आइपरेका समस्याहरू आफै समाधान गरेर चुनौती सामना गर्न सिक्छन् ।

खोज र आफैं पत्ता लगाएर सिकाइ

बालबालिकाले आफूले देखेका र गरेका अनुभव र नवीन तौरतरिकाका समिश्रण गर्दै नयाँ नयाँ अनुभव बटुल्ने गर्दछन् ।

अरुलाई सिकाएर सिकाइ 

बालबालिकाले खेल्ने, सिक्ने क्रममा साथीसंगीहरूलाई सिकाउने र आफूले पनि सिक्ने गर्दछन्

सिफारिस

अर्को

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.