Friday, January 22, 2021

नयाँ प्रकारको भाइरसबाट सङ्क्रमित भएकामा देखिएका लक्षण यस्ता

- Advertisement -

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार छिटो गतिमा फैलिरहेको छ । भाइरसमा आएको उत्परिवर्तनका कारण नै भाइरस छिटो गतिमा फैलिरहेको बताइएको छ । नयाँ भाइरस सङ्क्रामक देखिए पनि अधिक घातक भएको कुनै प्रमाण देखिएको छैन । तर, यो विषयमा अनुसन्धान जारी छ ।

नयाँ प्रकारको भाइरसको सङ्क्रमणले छिटोछिटो धेरै मानिस प्रभावित हुने हुँदा अस्पतालमा भर्ना भएर उपचार चाहिने बिरामीको सङ्ख्या पनि तीव्र गतिमा बढ्ने देखिन्छ ।

नयाँ प्रकारको भाइरसबाट सङ्क्रमित भए लक्षण कस्तो देखिन सक्छ भन्ने धेरैको चिन्ताको विषय बनेको छ । बेलायतकाे राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) द्वारा हाइलाइट गरिएको कोरोना भाइरसको सबैभन्दा सामान्य लक्षणबाहेक, अन्य सात लक्षण परिवर्तन भएको भाइरससँग सम्बन्धित देखिएको छ ।

कोभिड १९ को तीन सबैभन्दा सामान्य लक्षण (ज्वरो, सुख्खा खोकी तथा गन्ध र स्वाद हराउनु) बाहेक देखिँदै आएका सात अन्य लक्षण पनि कोरोना भाइरसको नयाँ प्रकारसँग सम्बन्धित छ । थकान हुने, भोक हराउने, टाउको दुखाइ, झाडापखाला, मानसिक भ्रम, मांसपेशी दुख्ने तथा छालामा आउने र्‍यास (रातो दाग) कोरोना भाइरसको नयाँ प्रकारबाट सङ्क्रमित हुँदा हालसम्म देखिएका लक्षण हुन् ।

किङ्स कलेजका अनुसन्धानकर्ताका अनुसार, कोभिड १९ हुन सक्ने कुनै पनि लक्षण देखिएमा वा सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएमा तुरुन्तै सेल्फ आइसोलेसनमा बस्नुपर्ने तथा चाँडोभन्दा चाँडो पिसिआर परीक्षण गर्नुपर्ने हुन्छ । यसबाहेक, सङ्क्रमणको जोखिमबाट बच्नका लागि सरसफाइ र पहिलादेखि अपनाइरहेको सावधानीका उपायलाई अपनाइरहनु पर्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

निङ्लाशैनी माताको दर्शन गरी मिती २०७७ माघ ९ गते शुक्रबारको राशिफल...

मेषःमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान...

बिश्वको अदभुत तथा अनौठो मन्दिर जहां मागेको कुरा २४ घण्टा भित्र...

मीनाक्षी अम्मान मन्दिर मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र...

वास्तुशास्त्रका अनुसार यस्ता काम गरे मिल्छ लक्ष्मी माताको साथ !!

आजको विश्वमा सबै मानिसहरु सफलता चाहान्छन् । यस संसारमा, सबै चीज उर्जा संगै संचालित हुन्छन् ।हाम्रो वरपर भएको वातावरणले सकरात्मक ऊर्जालाई कायम गर्न सहयोग...

शैलेस्वरी माताको दर्शन गरी मिती २०७७ माघ ८ गते बिहीवारको राशिफल...

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय...

गीताका केही जीवनअर्थका आयामहरु !!

आज श्रीमद्भागवत गीताका केही जीवनअर्थका आयामहरु यहाँ उक्काउन जाँदैछु, सृष्टि सम्बन्धी ब्याख्या अनि श्रीमद्भागवत गीताका केहि श्लोक र संरचनालाई साभार गर्ने जर्मकोमा छु । यस...

प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दामा बहस : तीन वर्षमै निर्वाचन गर्न...

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम मंगलबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे...

ज्योतिषी शास्त्र अनुसार निकै इमान्दार हुन्छन् यी राशिका व्यक्ति, तपाईको राशि...

ज्योतिषीअनुसार, राशि जति पनि छन् तर कुन राशीले कुन ब्यक्तिलाइ फाइदा हुन्छ त ? र कुन चिजमा फाइदा हुन्छ त ? हो यो बिषय...

उग्रतारा माताको दर्शन गरी मिती २०७७ माघ ७ गते बुधवारको राशिफल...

मेषःमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मनमा भएको तनाव हटेर मन प्रसन्न हुनेछ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया