सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ नाग देवता, एक शेयर गरौ ।)

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो ।

प्रकृतिका विविधरुपलाई फरकतपाई भाग्यमानी कि अभागी?? यो गुफाको तस्बिर छोएर राम्ररी हेर्नुहोस, भाग्यमानीले मात्र भगवान देख्ने बिश्वास छ फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो ।

अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खनन्बाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ । यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ । कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो ।

प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ । सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो ।

सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ ।हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् ।

आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् । भारतमा त नागाल्याण्ड भन्न ठाउँ बिशेष प्रख्यात छ ।प्रजातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिबासी हुन भनि व्याख्या गर्दछ । सिन्धु नदी पार गरेर आएका आर्यहरु अर्थात हिन्दूहरुले याहाँको आदिवासीका संस्कृति तथा तिनका परम्पराहरुमा आफूलाई समाहित गर्नु हिन्दूहरुको उच्चतम धार्मिक सहिष्णुता हो भन्ने प्रष्टिन्छ ।

२ बज्यो यो बिचमा मैले उसको अफ भएको मोबाईलमा धेरै पटक फोन गरें । झट्ट सम्झीएं, उ कहिले काहीं कुरा गर्दा गर्दै बिना प्रशंग बोलिदिन्छे, ‘मलाई जीन्दगी प्रती मोह छैन, म कुनै पनि बेला मर्न सक्छु । तिमीलाई त म मरेको थाहा पनि हुँदैन ।’ मैले यो कुरालाई कैलेहि गम्भीर रुपमा लिएको थिहिन, ‘नचाईने कुरा नगर किन मर्ने ।’

यो भन्दा बढि मैले कैलेहि केहि भनिन । उ किन बारबार मलाई यो कुरा सुनाउँथी मलाई थाहा छैन, हुन सक्छ उ सुन्न चाहन्छे म यो भनुँ की , ‘तिमी मरेउ भने म एक्लो हुनेछु सन्ध्या ।’ तर यो मैले कैलेहि भनिन । हिजो देखि उसको फोन अफ हुँदा डर लाथ्यो, कतै उसले आत्म हत्या त गरिन ।

हतपत म्यासेज गरें, काहाँ छौ तिमी ? फोन पनि अफ छ, साह्रै याद आईरअ‍ेको छ तिम्रो ।म्यासेज सेण्ट भयो, झट्ट सम्झीएं म्यासेज नगरेको भए हुने, साच्चै उसले आत्महत्या गरेकी भए यो म्यासेजले पुलिसको झमेला थप्न सक्छ । रिप्लाई आएन म्यासेजको । बिरामीको बहाना बनाएर छिट्टै निस्कीएं अफिसबाट ।

Sana Kishan

घर पुग्दा श्रीमती छोरालाई औषधी ख्वाउँदै थिई, देख्नासाथ सोधि कीन छिटो आउनु भयो ? तेस्सै मैले छोटो उत्तर दिएं । कपडा फेरें, श्रीमतीले चिया दिंदै भनि खाजा खानुभयो ? अं खाईसकें फेरी अर्को झुट बोलें । हेक्का नै भएन तिमीले खाएउ त भनेर सोध्न पनि । उसो त म श्रीमतीले के खाई ,के लगाईमा ध्यान पनि दिंदीन ।

उसले चीत्त दुखाईन होली आज पनि, बानि परिसक्यो मेरो स्वभावको उसलाई । श्रीमती गै सकेपछि सम्झें छोरालाई औसधी ख्वाउँदै थिई, के भएको रहेछ भनेर सोध्नु पर्ने मैले । मेरो ध्यान सन्ध्याकै फोनमा थियो ।

यस्तो त कैलेहि भएको थिईन म । सन्ध्या मेरी फेसबुक फ्रेण्ड हो । ब्याचलर पढ्दै गरेकी २० बर्षकी सन्ध्यालाई मैले भेटेको पनि छैन, फोनमा कुरा हुन थालेको २ महिना भयो, तर म झापा र उ काठमाडौं भै दिंदा भेट्ने रहर रहरै बनेको छ ।

म भन्दा १४ बर्ष कान्छी त्यो केटीले म मा ठुलै प्रभाव जमाएकी छ । उ भित्रको बिचार, कुरा गर्ने शैली र मलाई बुझ्ने क्षमताले गर्दा म आजकल उसकै उमेर छेउछाउको पागल प्रेमी बनेको छु । उसको र मेरो सबै भन्दा मिल्ने स्वभाव किताव पढ्नु हो ।

उसलाई साहित्यमा साह्रै रुचि हुनु र म अंग्रेजी साहित्यको प्रोफेसर हुनुले पनि हामीलाई बाँधेको छ, जस्तो लाग्छ । फेरी श्रीमतीले ध्यान भङ्ग गरिदीई, एकछिन बाबु संग बसिदिनुस् न, म पसल जानु छ । हजारको नोट दिदैं भनें, जाउ म हेर्छु । पर्दैन पैसा म संग नै छ, उ ढोकाबाट निस्केको हेरिरहें ।

मेरी श्रीमती साह्रै सोझी छ, कुनै कुराको गुनासो र माग गर्दिन । सबैले उसको रुप र गुणको तारिफै गरेको सुन्छु । आमा गर्विलो हुँदै भन्नुहुन्छ, मैले हेरेर ल्याएकी बुहारी पो हो त, यति माया त छोरीले पनि गर्दैनन् । एकदमै कम बोल्ने स्वभावकी छ उ । मास्टर्स गरेकी मेरी श्रीमतीको अहिले सम्म फेसबुक छैन ।

सिउँदो भरि सिन्दुर लगाउँछे उ, आज सम्म देखेको छैन उसले अध्यारो अनुहार लगाएको । ठुला ठुला आँखा, मिलेको दाँत, बाधेपनि बाटेपनि उत्तीकै सुहाउने उसको लामो कपाल । यी सबै कुराले उ म भन्दा दसौं गुणा राम्री छ । सबै साथी भन्छन् भाग्यमानी रैछस्, भाउजु जस्तो असल श्रीमती पाईस् ।

हाम्रो जस्तो कचकचे बुढी पर्यो भने लाईफ तेसै खेर जान्छ । मलाई अरुको श्रीमतीले श्रीमानलाई गरेको ब्यबहार देख्दा म भाग्यमानी नै हुँ की झैं पनि लाग्छ । माया लाग्छ मेरी श्रीमतीको मलाई । तर पनि मनमा उसको स्वभावले गर्दा केही दुरी बढेको झैं लाग्छ ।उ टीपीकल बुहारी छ, म छु मनको चन्चल ।

श्रीमतीको यो खाले स्वभावले गर्दा म पनि घरमा टीपीकल हजबेण्ड बनेको छु । श्रीमती कैलेहि ठुलो स्वरले नबोल्ने, जीस्काए पनि संधै लाज मान्ने, अह्राएको काम खुरुखुरु गर्ने, जीद्दी नगर्ने, हुँदा पनि केटा मान्छेले रित्तो महशुष गर्दो रहेछ ।

(frommandu.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.