सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालमा रहेको विश्वकै आस्थाको धरोहर ढुँगामाथि देवता टुसाउने मन्दिर ! सक्दो सेयर गरौं !

हामी विश्वका धेरै मानिस ढुँगा–ढुँगामा देवता देख्छौ । आत्माले पुज्छौ । ति अलौकिक शक्ति युक्त देवालय भएको हामीलाई विश्वास छ । आज हामी ʿढुँगा टुसाउँदैन, उन्यू फुल्दैनʾ भन्ने प्राचीन नेपाली उखान जनजिब्रोमा प्रचलित भए पनि नेपालमै त्यो उखानलाई काट्ने तथ्य पस्किदैछौ ।

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम जुन विश्वका करोडौ मानिसको आस्थाको धरोहर हो । उक्त देवालय ढुँगामाथि देवता टुसाउने अलौकिक तीर्थस्थल हो । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशीलामाथि स्वयम्भू ज्योर्तिलिङ्ग, शालिग्राम जलबराह कुण्डसहित देवदेवीको एक साथ दर्शन र अवलोकन गर्न पाइने यो तीर्थस्थल धार्मिक पर्यटनको विशिष्ट गन्तव्य बन्दै गएको छ ।

स्वयम्भू ज्यार्तिलिङ्गसहित वरपर पानीको स्रोत नभएर पनि जस्तै खडेरीमा पनि पानी नसुक्ने यहाँको जलबराह कुण्ड र शीलामाथि विभिन्न समयमा टुसाएर उत्पत्ति भएका देवदेवीका आकृतिको दर्शनका लागि टाढाटाढाबाट दर्शनार्थी आउने गरेको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष पं भीमनाथ अधिकारीले जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

गलेश्वरका अलौकिक धार्मिक सम्पदा, महिमा र यहाँ वरपरको प्राकृतिक सौन्दर्यले देश विदेशका तीर्थयात्री, भक्तजन एवम् पर्यटकलाई लोभ्याउन सफल भएको उनले बताए ।

पछिल्लो समयमा विकास हुँदै गएका पूर्वाधार, व्यवस्थापन, प्रचारप्रसार र सडक सुविधाका कारण गलेश्वरमा भक्तजन एवं पर्यटकको आगमन बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी बताउँछन् । “भक्तजनको आगमनसँगै संकलन हुने भेटी वर्षेनी वद्धि हुँदै गएको छ, आर्थिक वर्ष २०७३र७४ मा ३७ लाख तीन हजार रुपैयाँ भेटी संकलन भएको छ,” उहाँले भन्नुभयो, “यस अवधिमा मन्दिरमा करिब एक लाख ७० हजारजना भक्तजनको आगमन भएको हामीले अनुमान गरेका छौं ।”कोषको सचिवालयका अनुसार आर्थिक वर्ष २०७२र७३ मा २८ लाख २७ हजार ९७९ रुपैयाँ भेटी संकलन भएको थियो ।

(frommandu.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.