सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संसद विघटनविरुद्ध कञ्चनपुरमा राष्ट्रिय जनमोर्चाको विरोध सभा !

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको अप्रजातान्त्रिक र असंवैधानिक कदम तथा प्रतिनिधि सभा विघटनको विरुद्ध विरोध सभा सम्पन्न गरेको छ ।

राजमो बेलौरी नगरसमितिको आयोजनामा मंगलबार बेलौरी बजारको संविधान चोकमा सम्पन्न विरोध सभालाई राजमोका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले सम्बोधन गर्नुभयो । त्यस क्रममा नेता भट्टले अहिलेको संकटबाट मुक्त हुने पहिलो सर्त विघटित प्रतिनिधि सभाको पुनर्थापना नै भएको बताउनुभयो ।

उहाँले बलिदानीपूर्ण संघर्षबाट प्राप्त सिमित गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध प्रतिगामीहरुले चलखेल गरिरहेको बेला प्रधानमन्त्रीले संसद विघटन गरेर देशलाई थप अस्थिरता तर्फ धकेलेको आरोप लगाउनुभयो । भट्टले संघीयता देशका लागि अफापसिद्ध भइसकेकोले त्यसको खारेजी हुनुपर्नेमा जोड दिनुभयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कार्यक्रमलाई तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्की, सचिव अहिमान थापा, राजमो कैलाली जिल्ला सदस्य कृष्णप्रसाद चौधरी, अखिल‌ नेपाल महिला संघकी केन्द्रीय सदस्य कमला चौधरी, अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टले सम्बोधन गर्नु भएको थियो ।

बेलौरी नगर समितिका अध्यक्ष दयाराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव पेपुराम चौधरीले गर्नुभएको थियो । (पुष्कर भट्ट ले yugdarshan.com मा लेखेका छन्।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.