Saturday, January 16, 2021

उखु किसानको हृदयघातबाट निधन !

- Advertisement -

१४ पुस, काठमाडौं । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ ।

सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए । उनलाइ मंगलबार विहान हृदयघात भएको थियो ।

‘उहाँलाई हृदयघात भएपछि हामीले चाबहिलको हेल्पिङ ह्याण्ड अस्पताल पु¥यायौं, अस्पतालले गंगालल रिफर ग¥यो, अस्पताल पु¥याएको दुई घण्टामा उनको निधन भयो,’ ठाकुरले अनलाईनखबरसँग भने ।

उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । समाजवादी पार्टी सर्लाहीका नेता केदारनन्द चौधरीका अनुसार सोमबार सरकासंग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति राखेका थिए ।

‘मृतक यादवले अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हमार रुपैयाँ पाउन बाँकी थियो, काठमाडौं जारी आन्दोलनपछि आफूले एक रुपैयाँ पनि बक्यौता नपाएको उनले बताएका थिए,’ चौधरीले थपे, ‘बिहान पाँच बजे फोन गररे यादवले स्वास्थ्य खराब भएको बताए, त्यसपछि उनलाई अस्पताल पु¥याइएको थियो ।’

मृतक यादवलाई बैंकको १८ लाख रुपैयाँ ऋण रहेको चौधरीले बताए । पैसा नलिई आन्दोलन नत्याग्ने बताउँदै आएका यादव सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्ता र सहमति सहभागी थिएनन् ।

चाबहिलको कृष्ण प्रणामी मन्दिरमा बसेर यादव काठमाडौंमा जारी आन्दोलनमा सहभागी थिए ।

(नवीन ढुंगाना ले अनलाईन खबरमा लेखेका छन ।)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेपाल-भारत बैठकमा के के छलफल भयो ?

३ माघ २०७७, शनिबार ११:३४ काठमाडौं – नेपाल–भारतबीचको परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक सकिएको छ । बैठकमा भाग लिन भारतको राजधानी नयाँ दिल्ली जानुभएका परराष्ट्रमन्त्री प्रदिपकुमार...

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रस्ताव( सीमा सम्बन्धी वार्ता तत्कालै थालौं

माघ, काठमाडौं । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग दुई देशको बीचमा रहेको सीमा विवादलाई समाधान गर्न तत्काल वार्ताको थालनी...

एका बिहानै बाग्लुङ्ग कालिका मन्दिरको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस भेटी...

वि.सं.२०७७ साल माघ ०२ गते, शुक्रबार, ईश्वी सन् २०२१ जनवरी १५ तारिख, नेपाल संवत् ११४१, प्रमादी संवत्सर, उत्तरायण, शिशिर ऋतु, श्रीशाके १९४२, पौष शुक्लपक्ष,...

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु !

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु ! बिहीबार साँझ मेची राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापा बुद्धशान्ति गाउँपालिका–४ स्थित वर्ने चिया...

कुन उमेरका मानिस कति घण्टा सुत्ने ? समय भन्दा बढी सुतेमा...

तपाईंले पढ्नु भएको वा सुन्नु भएको हुनसक्छ कि कि सबैको लागि कम्तिमा ८ घण्टा निदाउनु एकदम महत्त्वपूर्ण छ। तर सत्य यो हो कि सबैको...

हात हतियार र कस्तुरीको दाँत सहित पाँचजना पक्राउ !

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पाँच जनालाई पक्राउ गरेको छ । कस्तुरीको दाँत र हतियारसहित निकुञ्जको टोलीले पाँचजनालाई पक्राउ गरेको छ । निकुञ्जको टोली र नेपाल...

दिल्ली संयुक्त बैठका परराष्ट्रमन्त्री ज्ञवालीले भने – नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग...

नयाँ दिल्ली – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिइने बताएका छन् । शुक्रबार दिल्लीस्थित हैदरबाद हाउसमा भएको नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरिय संयुक्त आयोगको बैठकपछि...

हैदरावाद हाउसमा सुरु भयो नेपाल–भारत संयुक्त बैठक

काठमाडौं। नेपाल(भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सुरु भएको छ। बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरबीच अनौपचारिक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया