सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुःखद खबर ! सवारी दुसर्घटनामा ३१ को निधन कयौं घाइते !

सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढेको छ। गत विगतका वर्षहरुको तुलनामा चालुुवर्ष सवारी दुर्घटनामा उल्लेख्य बृद्धि भएको पाइएको छ। चालु आर्थिक वर्ष २०७७-७८ को सबै भन्दा बढी मसिंरमा मात्रै ७७ सवारी दु’र्घटना भएको छ। जसमा ३१ जनाको मृ त्यु भएको छ। भने १ पशु समेत म’रेको छ। यस्तै १५८ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याकंमा उल्लेख छ।

मंसिंर महिनामा सबै भन्दा बढी कैलालीमा ८, कञ्चनपुर र बैतडीमा ५-५ जनाको मृ त्यु भएको छ। डोटीमा ४ दार्चुला र बझाङमा ३-३ जनाको मृ त्यु भएको छ। भने बाजुरामा १ र अछाममा २ जनाको मृ त्यु भएको छ। यस्तै कार्तिक महिनामा ५४ सवारी साधन दुर्घटना भएको छ। जसमा २७ जनाको मृ त्यु भएको छ । यस्तै सो दुर्घंटनामा १२२ जना घाइते भएका छन्। यस्तै कार्तिक महिनामा ५४ सवारी साधन दुर्घटना भएको छ। जसमा २७ जनाको मृ’त्यु भएको छ । यस्तै सो दु’र्घंटनामा १२२ जना घा’इते भएका छन्।

असोजमा ३९ सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ, भने एक पशु मरेको छ । यस्तै ६७ जना घाइते भएका छन्। प्रहरीको तथ्याकं अनुसार गत वर्ष भन्दा यो वर्ष बढी दुर्घटना भएका हुन्। हिंउँदेयाममा हुस्सु र हिउँ दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीले जनाएको छ।

World Link Ads
Mahakali Polytechnic

पहाडी जिल्लाहरुमा शीत तथा हिउँ जमेर बाटो चिप्लो हुने भएकाले तीव्र गतिमा सवारी साधन चलाउँदा चिप्लिएर दुर्घटना हुने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक वामदेव गौतमले बताए।

Dirghayu Ads
Sana Kishan

तराईका जिल्लाहरुमा पनि बाक्लो हुस्सुका कारण रातिको समयमा बाटो स्पष्ट नदेखिँदा र तीव्र गतिमा चलाउँदा सवारी साधनहरु एक आपसमा ठो क्कि ए र पनि दुर्घटना हुने गरेको उनले बताए। उनको भनाइ अनुसार पछिल्लो समय मादक पदार्थ से’वक कारण हुने दुर्घटनामा कमी आएको छ। तर मादक पदार्थ सेवन गरी दुई पागं्रे सवारी साधनहरुभित्रि सडकहरुमा दुर्घटना हुने गरेको पाइएको छ।

हिउंँदमा बाक्लो हुस्सुका कारण बाटो नदेखिने हुँदा तीव्र गतिमा गाडी नहाँकेर चलाउनु पर्ने प्रहरी उपरीक्षक गौतमको सुझाव छ। लामो दूरीका सवारी साधनहरुमा क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटना हुने भएकाले सिट अनुसार यात्रु बोक्नु पर्ने बताइएको छ।

यस्तै दुई पांग्रे सवारी साधनमा पनि दुई भन्दा बढी सवारी नबोक्ने अर्थात पछाडि सवारले पनि हेलमेट लगाउनु पर्ने उनले बताए। दुर्घटना कम गर्न हरेक ठाउँमा ट्राफिक प्रहरी खटाइएको बताउँदै उनले भने, ट्राफिक प्रहरीले मात्रै नभएर अन्य सम्बन्धित पक्षहरुले पनि ध्यान दिनु जरुरी छ। यस्तै चालकले पनि कुन समयमा कहाँ जाने ? कुन बाटोमा कसरी सवारी साधन चलाउने लगायतबारे विचार पुर्याउनु पर्ने उनको सुझाव छ।   (frommandu.com बाट साभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.